काठमाडौं। ग्रान्ट जाकाले रातो कार्डको सामना गरेको खेलमा आर्सनल घरेलु मैदानमा बर्नलीसँग १-० ले स्तब्ध बनेको छ।

यससँगै माइकल अर्टेटाको आर्सनल घरेलु मैदानमा लगातार चार खेलमा पराजित भयो। लगातार चार खेलमा पराजित भएको ६१ वर्षपछि पहिलो हो।

आर्सनलका कप्तान पिइरे-इमेरिक औबमेयाङ पछिल्लो समय गोलका लागि संघर्ष गरिरहेका छन्। तर, गएराति उनले गरेको आत्मघाती गोल बर्नलीको जितमा निर्णायक बन्यो।

त्यसअघि जाकाले ५६औं मिनेटमा रातो कार्डको सामना गरेपछि आर्सनल दश खेलाडीमा सीमित बनेको थियो। जाकाले डीवेट म्याकनेललाई फाउल गरेको भन्दै रेफ्री ग्रहम स्कटले पहेंलो कार्डका देखाएका थिए। तर भिडिओ सहायक रेफ्रीको सहायतामा रेफ्रीले जाकालाई रातो कार्डको दर्शन गराएका थिए। भिडिओ रिप्लेमा जाकाले एश्ले वेष्टउडको घाँटीमा समातेको देखिएको थियो।

हारसँगै १२ खेलबाट १३ अंक जोडेको आर्सनल १५औं स्थानमा छ। विजयी टीम बर्नली भने रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको छ।

" /> काठमाडौं। ग्रान्ट जाकाले रातो कार्डको सामना गरेको खेलमा आर्सनल घरेलु मैदानमा बर्नलीसँग १-० ले स्तब्ध बनेको छ।

यससँगै माइकल अर्टेटाको आर्सनल घरेलु मैदानमा लगातार चार खेलमा पराजित भयो। लगातार चार खेलमा पराजित भएको ६१ वर्षपछि पहिलो हो।

आर्सनलका कप्तान पिइरे-इमेरिक औबमेयाङ पछिल्लो समय गोलका लागि संघर्ष गरिरहेका छन्। तर, गएराति उनले गरेको आत्मघाती गोल बर्नलीको जितमा निर्णायक बन्यो।

त्यसअघि जाकाले ५६औं मिनेटमा रातो कार्डको सामना गरेपछि आर्सनल दश खेलाडीमा सीमित बनेको थियो। जाकाले डीवेट म्याकनेललाई फाउल गरेको भन्दै रेफ्री ग्रहम स्कटले पहेंलो कार्डका देखाएका थिए। तर भिडिओ सहायक रेफ्रीको सहायतामा रेफ्रीले जाकालाई रातो कार्डको दर्शन गराएका थिए। भिडिओ रिप्लेमा जाकाले एश्ले वेष्टउडको घाँटीमा समातेको देखिएको थियो।

हारसँगै १२ खेलबाट १३ अंक जोडेको आर्सनल १५औं स्थानमा छ। विजयी टीम बर्नली भने रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको छ।

"> आर्सनल घरेलु मैदानमा ६१ वर्षपछि लगातार चार खेलमा पराजित: Dekhapadhi
आर्सनल घरेलु मैदानमा ६१ वर्षपछि लगातार चार खेलमा पराजित
काठमाडौं। ग्रान्ट जाकाले रातो कार्डको सामना गरेको खेलमा आर्सनल घरेलु मैदानमा बर्नलीसँग १-० ले स्तब्ध बनेको छ।

यससँगै माइकल अर्टेटाको आर्सनल घरेलु मैदानमा लगातार चार खेलमा पराजित भयो। लगातार चार खेलमा पराजित भएको ६१ वर्षपछि पहिलो हो।

आर्सनलका कप्तान पिइरे-इमेरिक औबमेयाङ पछिल्लो समय गोलका लागि संघर्ष गरिरहेका छन्। तर, गएराति उनले गरेको आत्मघाती गोल बर्नलीको जितमा निर्णायक बन्यो।

त्यसअघि जाकाले ५६औं मिनेटमा रातो कार्डको सामना गरेपछि आर्सनल दश खेलाडीमा सीमित बनेको थियो। जाकाले डीवेट म्याकनेललाई फाउल गरेको भन्दै रेफ्री ग्रहम स्कटले पहेंलो कार्डका देखाएका थिए। तर भिडिओ सहायक रेफ्रीको सहायतामा रेफ्रीले जाकालाई रातो कार्डको दर्शन गराएका थिए। भिडिओ रिप्लेमा जाकाले एश्ले वेष्टउडको घाँटीमा समातेको देखिएको थियो।

हारसँगै १२ खेलबाट १३ अंक जोडेको आर्सनल १५औं स्थानमा छ। विजयी टीम बर्नली भने रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्