काठमाडौं। साविक विजेता लिभरपुल गएराति फुलह्यामसँग १-१ को बराबरीमा रोकिएको छ।
बराबरीसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
घरेलु टोली फुलह्यामले बोब्बी रेइदको गोलबाट २५औं मिनेटमा अग्रता लिएको थियो।
खेल सकिन ११ मिनेट बाँकी हुँदा मोहम्मद सालाहले पेनाल्टीमा बराबरी गोल फर्काए।
जर्जिन्हो विजनाल्डमले फ्रिकिक हान्दा ‘बार’ बसेका फुलह्यामका अबोउबाकर कामाराको हातमा लागेपछि लिभरपुलले पेनाल्टी पाएको थियो। जसलाई सालाहले कुनै गल्ती नगरी गोल गरेका थिए।
बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमायो। १२ खेलबाट २५ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ।
समान २५ अंक जोडेको टोटेनह्याम शीर्ष स्थानमा छ। फुलह्याम भने ८ अंकका साथ रेलिगेसन क्षेत्रमा छ।
टोटेनह्यामले पनि क्रिष्टल प्यालेससँग १-१ को बराबरी खेलेको थियो।
ह्युङ–मिन सनको पासमा ह्यारी केनले गरेको गोलबाट टोटेनह्यामले २३औं मिनेटमा अग्रता लिएको थियो। खेल सकिन ९ मिनेट बाँकी हुँदा घरेलु टोली क्रिष्टल प्यालेसका जेफ्री स्लुपले बराबरी गोल फर्काए।
बराबरीका बाबजुद टोटेनह्याम शीर्ष स्थानमा रहँदा १७ अंक जोडेको क्रिष्टल प्यालेस ११औं स्थानमा छ।
" /> काठमाडौं। साविक विजेता लिभरपुल गएराति फुलह्यामसँग १-१ को बराबरीमा रोकिएको छ।बराबरीसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

">