कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एसियन कप २०२३ को छनोट प्रतियोगिताका लागि कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आजबाट बन्द प्रशिक्षण सुरु गरेका छन्। उनले प्रारम्भिक चरणमा ५८ खेलाडीलाई बोलाएका छन्। जसमा विराज महर्जन पनि सामेल छन्।
नेपाली राष्ट्रिय फुटबल टोलीले २०७६ भदौं १९ गते कुवेतविरुद्धको खेलबाट फिफा विश्वकप तथा एसियन कप छनोट प्रतियोगिताको सुरुआत गरेको थियो। त्यही खेलबाट नियमित कप्तान महर्जन राष्ट्रिय टीममा छैनन्।
पूर्व मुख्य प्रशिक्षक योहान कालिनले २०७६ भदौं १२ गते कुवेत र चाइनिज ताइपेईविरुद्धको खेलका लागि छनोट गरेको टोलीमा महर्जनको नाम थिएन।
राइट ब्याकको भूमिकामा खेल्ने महर्जनले २०१५ मा भारतको केरलामा सम्पन्न साफ च्याम्पियनसिपबाट अनौपचारिक रुपमा राष्ट्रिय टोलीमा आर्म ब्यान्ड पाएका थिए। बंगबन्धु गोल्डकपबाट भने उनले औपचारिक रुपमै राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसर पाए। उनको कप्तानीमा नेपालले बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो भने २३ वर्षमुनिको टोलीले १२औं सागमा स्वर्ण पदक जित्दा पनि नेपाली टिमको कप्तान उनी नै थिए।
२०१५को साफ च्याम्पियनसिपपछि उनले निरन्तर राष्ट्रिय टोलीको कप्तान सम्हाल्दै आएका थिए। राष्ट्रिय टीमबाट टाढा हुँदा आफूलाई दुःख लागेको बताएका छन्। उनले लेखेका छन्, “राष्ट्रिय टोलीसँग करिव १३ वर्ष बिताउदा एकदमै गौरवान्वित छु। यसबीचमा टाढा हुदा एकदमै दुःखी थिएँ।”
" />कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एसियन कप २०२३ को छनोट प्रतियोगिताका लागि कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आजबाट बन्द प्रशिक्षण सुरु गरेका छन्। उनले प्रारम्भिक चरणमा ५८ खेलाडीलाई बोलाएका छन्। जसमा विराज महर्जन पनि सामेल छन्।

">