काठमाडौं। अस्ट्रेलिया भ्रमणमा रहेको भारत र घरेलु टोलीविरुद्धको टेस्ट शृंखला सुरु हुन एक साता पनि बाँकी नरहँदा सचिन तेन्दुल्करले भ्रमणकारी टोलीलाई विपक्षी टोलीका तीन खेलाडीसँग सचेत रहन सुझाव दिएका छन्।
भारतीय क्रिकेटका महान हस्ती तेन्दुल्करले अस्ट्रेलियाको टेस्ट टिममा पुनरागमन जनाएका स्टिभ स्मिथ, डेविड वार्नर र मार्नस लाबुसेनले भ्रमणकारी टोलीलाई समस्यामा पार्न सक्ने भन्दै सचेत गराएका हुन्।
“पछिल्लो भ्रमणको तुलनामा यसपाली यी तीन खेलाडीको उपस्थितीका कारण अस्ट्रेलियाको टोली निक्कै बलियो देखिएको छ। स्मिथ, वार्नर र लाबुसेनको आगमनले उनीहरुको ब्याटिङ बलियो भएको छ,” विश्व क्रिकेटकै महान ब्याट्सम्यान तेन्दुल्करले भने, “पछिल्लो पटक अस्ट्रेलियाली टिममा सिनियर खेलाडीको कमी खट्किएको थियो। यसपाली उनीहरु निक्कै सशक्त छन्।”
२०१८-१९ मा भारत र अस्ट्रेलियाबीच भएको बोर्डर-गावास्कर ट्रफीमा स्मिथ, वार्नर र लाबुसेन थिएनन्। स्मिथ र वार्नर बल टेम्परिङ प्रकरणमा दोषी साबित भएपछि निलम्बनमा थिए भने लाबुसेनले त्योबेलासम्म टेस्ट क्रिकेटमा डेब्यु गरेकै थिएनन्। त्यो भ्रमणमा भारतले टेस्ट शृंखला २-१ ले जितेको थियो।
यसपाली तीन टेस्टको शृंखला डिसेम्बर १७ मा एडेलेइडबाट सुरु हुनेछ।