काठमाडौं। विनोद भण्डारीको कप्तानीमा रहेको राप्तिले गौतमबुद्ध कपमा आज बागमतीलाई १२ रनले पराजित गरेको छ।
भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले फिल्डिङ रोजेका थिए। कुशल भूर्तेल र अमित श्रेष्ठको ओपनर जोडीसहित ब्याटिङमा उत्रिएको राप्तिले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर १२९ रनको योगफल तयार गरेको थियो।
राप्तिका लागि ओपनर अमितले २६, शरद भेसावकरले २१, कप्तान विनोदले २१, लोकेश बमले १५ तथा कमलसिंह ऐरीले १६ रनको योगदान गर्दा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
बागमतीका लागि सोमपाल कामी, सागर ढकाल र रसिद खानले दुई/दुई विकेट लिँदा विक्रम शोब र ललित राजवंशीले एक/एक विकेट लिए।
१३० रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको बागमतीले १९.४ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो। बागमतीका लागि ओपनर सुनिल धमला र कप्तान ज्ञानेन्द्रले क्रमश: ११ र १३ रन बनाउँदा रोहित पौडेलले १३, अनिल साहले २२, सोमपालले ३५ तथा पवन सर्राफले १० रन जोडे। सागर र रसिद शून्यमा आउट हुँदा अन्य ब्याट्सम्यानले पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
राप्तिका लागि जितेन्द्र मुखिया, कमलसिंह ऐरी, बसन्त कार्की र अविनाश बोहराले २/२ तथा सोनु तामाङले एक विकेट लिए।
" /> काठमाडौं। विनोद भण्डारीको कप्तानीमा रहेको राप्तिले गौतमबुद्ध कपमा आज बागमतीलाई १२ रनले पराजित गरेको छ।भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले फिल्डिङ रोजेका थिए। कुशल भूर्तेल र अमित श्रेष्ठको ओपनर जोडीसहित ब्याटिङमा उत्रिएको राप्तिले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर १२९ रनको योगफल तयार गरेको थियो।

">