केकेआरका बलर बरुण चक्रवर्तीले नेहासँग गरे बिवाह

एजेन्सी। कोलकाता नाइट राइडर्स (केकेआर)का स्टार बलर बरुण चक्रवर्तीले प्रेमिका नेहा खेदेकरसँग बिवाह गरेका छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका वरुण र नेहाबीच बिवाह यो वर्षको सुरुआतमै गर्ने तय थियो। तर कोरोना भाइरसको महामारीका कारण रोकिएको बिवाह अहिले गरिएको वरुणको पारिवारिक स्रोतलाई उध्द्रृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्।

इन्डियन प्रिमियर लिग (आइपिएल)को टोली केकेआरले वरुणको बिवाहको भिडिओ आफ्नो इन्स्टाग्राम पेजमा सेयर गरेको छ। भिडिओमा वरुण र नेहा स्टेजमा क्रिकेट खेलिरहेको देखिन्छ।

हाल अस्ट्रेलिया भ्रमणमा रहेको भारतीय राष्ट्रिय टोलीले ट्वान्टी-२० शृंखलाका लागि वरुणलाई समावेश गरेको थियो। तर चोटका कारण वरुण अस्ट्रेलिया भ्रमणमा जान सकेका थिएनन्। यही मौका छोपेर वरुण र नेहाले चेन्नईमा आफ्ना परिवार तथा नातेदारको उपस्थितीमा परम्परागत बिवाह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्