रियाल मड्रिडसँगको हारको जिम्मा म लिन्छु- सिमोनी
एजेन्सी। स्पेनिस ला लिगाअन्तर्गतको खेलमा गए राति सहरी प्रतिद्वन्द्वी रियाल मड्रिडसँग भोगेको हारको जिम्मेवारी आफूले लिने एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनीले बताएका छन्।

स्टेडियो अल्फ्रेडो डी स्पटेफानोमा कासेमिरोको हेड गोल र यान ओब्लाकको दूर्भाग्यजनक आत्मघाति गोलका कारण लिगमा एट्लेटिकोले कायम गर्दै आएको अपराजित खेलको यात्रा २६ खेलपछि टुंगिएको थियो। जिनेदिन जिदानको रियालले एट्लेटिको भ्रमणमा २-० को जित निकालेको थियो।

हारका बावजुद एट्लेटिको ला लिगा अंकतालिकाको शीर्ष स्थानमा छ। तर प्रशिक्षक सिमोनीले हारको जिम्मेवारी आफूले लिने बताएका छन्।

“खेलमा टिम प्रस्तुत भएको भावना कमजोर हुँदा प्रशिक्षकको तरिका गलत हुन्छ। त्यसैले आजको खेलमा आएको नतिजाका लागि मैले जिम्मेवारी लिनुपर्छ,” सिमोनीले भने, “लामो समयदेखि हामीले हार भोग्नुपरेको थिएन। तर एक दिन हार सामना गर्नुपर्छ भन्ने सबैलाई थाहा थियो। त्यो दूर्भाग्यजनक दिन आज भयो। खेलाडीहरु सबैले सत प्रतिसत मेहनत गरेका थिए।”

प्रतिक्रिया दिनुहोस्