पाेखरा। मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ।
एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसमेत रहेका एकेडेमीका संयोजक राजेश गुरुङले जानकारी दिए।
सो दिन सागमा विशेष योगदान गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई समेत सम्मान गरिने जनाइएको छ। सोही दिन खुला रक्तदान कार्यक्रम राखिएको छ।
सागमा बक्सिङको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको समयमा स्वर्ण पदक जित्ने खेलाडीलाई सुनकाे पदक दिने आफूले घोषणा गरेबमोजिम पदक विजेता खेलाडीलाई सुनको पदकले सम्मान गरिने गुरुङले बताए। रासस
" /> पाेखरा। मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ।एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसमेत रहेका एकेडेमीका संयोजक राजेश गुरुङले जानकारी दिए।

">