काठमाडौं। बोरुसिया डर्टमण्ड घरेलु मैदानमा ५-१ ले पराजित भएपछि जर्मन बुन्डेसलिगा उपाधि होडमा गम्भीर धक्का लागेको छ। डर्टमण्ड भीएफबी स्टुटगार्टसँग लज्जास्पदरूपमा पराजित भएको हो।
भ्रमणकारी स्टुटगार्टले २६औं मिनेटमा अग्रता लिएको थियो। सिलास वामाङगीटुका फुन्डुले पेनाल्टीमा गोल गरेका थिए।
डर्टमण्डका जियोभानी रेयनाले ३९औं मिनेटमा बराबरी गोल फर्काए। वामाङगीटुका फुन्डुले ५३औं मिनेटमा गरेको गोलबाट स्टुटगार्टले पुनः अग्रता लियो।
६०औं मिनेटमा फिलिप फोस्टरले अग्रता बढाए। टङ्गुए काउलीबालीले ६३औं मिनेटमा अर्को गोल थपे।
इन्जुरी समयमा निकोलस गोन्जालेजले अर्को गोल थपेपछि डटमण्र्ड घरेलु मैदानमा लज्जास्पद रूपमा पराजित भयो।
हारसँगै डर्टमण्डको उपाधि यात्रामा धक्का लागेको छ। ११ खेलबाट १९ अंक जोडेको डर्टमण्ड पाँचौं स्थानमा छ। जुन शीर्ष स्थानको बायर्न म्युनिख भन्दा पाँच अंकले पछाडि हो।
बायर्न पनि युनियल बर्लिनसँग १–१ को बराबरीमा रोकिएको थियो। समान १७ अंक जोडेको स्टुटगार्ट सातौं स्थानमा छ।
" /> काठमाडौं। बोरुसिया डर्टमण्ड घरेलु मैदानमा ५-१ ले पराजित भएपछि जर्मन बुन्डेसलिगा उपाधि होडमा गम्भीर धक्का लागेको छ। डर्टमण्ड भीएफबी स्टुटगार्टसँग लज्जास्पदरूपमा पराजित भएको हो।भ्रमणकारी स्टुटगार्टले २६औं मिनेटमा अग्रता लिएको थियो। सिलास वामाङगीटुका फुन्डुले पेनाल्टीमा गोल गरेका थिए।

">