काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेष्टमा पनि वेष्ट इन्डिज फलोअनमा परेको छ।
पहिलो इनिङमा १३१ रन जोड्दा सबै विकेट गुमाएपछि वेष्ट इन्डिज फलोअनमा परेको हो।
काइल ज्यामिन्सनले पाँच तथा टीम साउथीले तीन विकेट लिएपछि दोस्रो दिन सकिँदा भ्रमणकारी वेष्ट इन्डिज १२४÷८ को स्थितिमा थियो।
तेस्रो दिन सुरु गर्दा जोशुवा डा सिल्भा २ तथा केमर होल्डर ५ रनमा अविजित थिए। डा सिल्भाले तीन रन जोडे भने होल्डरले ८ रनमा अविजित रहे। शानोन गाब्रियलले दुई रन जोडे। डा सिल्भा र गाब्रियल दुवैलाई साउथीले आउट गरे।
पहिलो इनिङमा जर्माइन ब्लाकउडले ६९ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
हेनरी निकोलसले १७४ तथा नेग वाग्नरले अविजित ६६ रन बनाएपछि न्युजिल्यान्डले पहिलो इनिङममा सबै विकेट गुमाएरर ४६० रन बनाएको थियो।
वेष्ट इन्डिज पहिलो टेष्टमा पनि एक इनिङ र १३४ रनले पराजित भएको थियो।
" /> काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेष्टमा पनि वेष्ट इन्डिज फलोअनमा परेको छ।पहिलो इनिङमा १३१ रन जोड्दा सबै विकेट गुमाएपछि वेष्ट इन्डिज फलोअनमा परेको हो।

">