काठमाडौं। जर्मन बुन्डेसलिगाको शीर्ष क्लब बायर्न म्युनिखले युनियन बर्लिनसँग १-१ को बराबरी खेलेको छ। बराबरीपछि पनि बायर्न लिगको शीर्ष स्थानमा कायमै छ।
घरेलु टीम युनियल बर्लिनले चौथो मिनेट मै ग्रिस्चा प्रोमेलको गोलबाट अग्रता लिएको थियो। उनले क्रिष्टोफर ट्रिमेलको कर्नरलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए।
६७औं मिनेटमा रोबर्ट लेवनडोवस्कीले बराबरी गोल फर्काए। जारी सिजन उनको यो १३औं गोल हो। लेवनडोवस्कीले किङ्सले कोम्यानको पासमा गोल गरेका हुन्। लेवनडोवस्की फिफा वर्ष खेलाडीको सूचीमा लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोसहित अन्तिम तीनमा पर्न सफल भएका छन्।
पछिल्लो चार लिग खेलमा बायर्नले एकमात्र विजय हासिल गरेको छ। बराबरीका बाबजुद बायर्न शीर्ष स्थानमा छ। तर, दोस्रो स्थानको आरबी लाइपजिगको पनि समान २४ अंक छ। लाइपजिग गोलअन्तरका कारण दोस्रो स्थानमा रहेको हो। लाइपजिगले गएराति वेर्डर ब्रेमनलाई २-० ले पराजित गरेको थियो।
बुन्डेसलिगको अर्को खेलमा कोलनले मेइन्ज ०५ लाई १-० ले पराजित गर्यो। फ्रेइबर्गले अर्मिनिया बेइलेफेल्डलाई २-० ले पराजित गर्यो।
" /> काठमाडौं। जर्मन बुन्डेसलिगाको शीर्ष क्लब बायर्न म्युनिखले युनियन बर्लिनसँग १-१ को बराबरी खेलेको छ। बराबरीपछि पनि बायर्न लिगको शीर्ष स्थानमा कायमै छ।घरेलु टीम युनियल बर्लिनले चौथो मिनेट मै ग्रिस्चा प्रोमेलको गोलबाट अग्रता लिएको थियो। उनले क्रिष्टोफर ट्रिमेलको कर्नरलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए।

">