काठमाडौँ। एसियाली खेलकुद २०३० को आयोजना गर्ने आफ्नो देशको दाबीमा सहयोग गर्न नेपालका लागि साउदी अरेबियाका राजदुत मुसाउद अल आरवेले शनिबार नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठलाई अनुरोध गरेका छन्।

राजदूत मुसाउद अल आरवे २०३० को एसियाली खेलकुद आयोजनाको दाबीका विषयमा एनओसी अध्यक्षसँग छलफल गर्न शनिबार सातदोबाटोस्थित  एनओसी कार्यालय पुगेका थिए। एक घण्टाभन्दा लामो समय भएको छलफलमा राजदूत मुसाउद अल आरवे र एनओसी अध्यक्ष श्रेष्ठबीच खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका विषयमा कुराकानी भएको थियो।

साउदी अरेबियाको राजधानी रियादले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि ओलम्पिक काउन्सिल अझ एसिया (ओसिए)मा दाबी प्रस्ताव पेश गरेको छ। त्यही प्रस्तावमा नेपालको समर्थन तथा सहयोगका लागि राजदूत आरवेले अध्यक्ष श्रेष्ठसँग भेट गरेका हुन्। २०३० को एसियाली खेलकुद आयोजनका लागि रियादसँगै कतारको दोहाले पनि दाबी गरेको छ। आफ्नो दाबीमा सहयोग गर्नका लागि अनुरोध गर्न यसअघि कतारी ओलम्पिक कमिटीको टोलीले पनि एनओसी अध्यक्षसँग भेट गरेको थियो।

एनओसी अध्यक्ष श्रेष्ठले साउदी र कतारका प्रस्ताव तुलनात्मक रूपमा समान रहेको बताउँदै यसबारे ओमानको मस्कटमा हुने एसियाली ओलम्पिक कमिटीको साधारण सभामा दुवै पक्षसँग थप छलफल हुने बताए। अध्यक्ष श्रेष्ठले अन्तिम निर्णय गर्दा नेपाली खेलकुद र खेलाडीको हित र स्वार्थलाई केन्द्रमा राखिने बताए।

मस्कटमा हुने ओसिएको साधारण सभामा अध्यक्ष श्रेष्ठसँगै महासचिव निलेन्द्रराज श्रेष्ठले पनि भाग लिनेछन्।

" /> काठमाडौँ। एसियाली खेलकुद २०३० को आयोजना गर्ने आफ्नो देशको दाबीमा सहयोग गर्न नेपालका लागि साउदी अरेबियाका राजदुत मुसाउद अल आरवेले शनिबार नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठलाई अनुरोध गरेका छन्।

राजदूत मुसाउद अल आरवे २०३० को एसियाली खेलकुद आयोजनाको दाबीका विषयमा एनओसी अध्यक्षसँग छलफल गर्न शनिबार सातदोबाटोस्थित  एनओसी कार्यालय पुगेका थिए। एक घण्टाभन्दा लामो समय भएको छलफलमा राजदूत मुसाउद अल आरवे र एनओसी अध्यक्ष श्रेष्ठबीच खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका विषयमा कुराकानी भएको थियो।

साउदी अरेबियाको राजधानी रियादले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि ओलम्पिक काउन्सिल अझ एसिया (ओसिए)मा दाबी प्रस्ताव पेश गरेको छ। त्यही प्रस्तावमा नेपालको समर्थन तथा सहयोगका लागि राजदूत आरवेले अध्यक्ष श्रेष्ठसँग भेट गरेका हुन्। २०३० को एसियाली खेलकुद आयोजनका लागि रियादसँगै कतारको दोहाले पनि दाबी गरेको छ। आफ्नो दाबीमा सहयोग गर्नका लागि अनुरोध गर्न यसअघि कतारी ओलम्पिक कमिटीको टोलीले पनि एनओसी अध्यक्षसँग भेट गरेको थियो।

एनओसी अध्यक्ष श्रेष्ठले साउदी र कतारका प्रस्ताव तुलनात्मक रूपमा समान रहेको बताउँदै यसबारे ओमानको मस्कटमा हुने एसियाली ओलम्पिक कमिटीको साधारण सभामा दुवै पक्षसँग थप छलफल हुने बताए। अध्यक्ष श्रेष्ठले अन्तिम निर्णय गर्दा नेपाली खेलकुद र खेलाडीको हित र स्वार्थलाई केन्द्रमा राखिने बताए।

मस्कटमा हुने ओसिएको साधारण सभामा अध्यक्ष श्रेष्ठसँगै महासचिव निलेन्द्रराज श्रेष्ठले पनि भाग लिनेछन्।

"> एसियाली खेलकुद आयोजनाको दाबीमा सहयोग गर्न नेपालसँग साउदी राजदूतको अनुरोध: Dekhapadhi
एसियाली खेलकुद आयोजनाको दाबीमा सहयोग गर्न नेपालसँग साउदी राजदूतको अनुरोध
काठमाडौँ। एसियाली खेलकुद २०३० को आयोजना गर्ने आफ्नो देशको दाबीमा सहयोग गर्न नेपालका लागि साउदी अरेबियाका राजदुत मुसाउद अल आरवेले शनिबार नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठलाई अनुरोध गरेका छन्।

राजदूत मुसाउद अल आरवे २०३० को एसियाली खेलकुद आयोजनाको दाबीका विषयमा एनओसी अध्यक्षसँग छलफल गर्न शनिबार सातदोबाटोस्थित  एनओसी कार्यालय पुगेका थिए। एक घण्टाभन्दा लामो समय भएको छलफलमा राजदूत मुसाउद अल आरवे र एनओसी अध्यक्ष श्रेष्ठबीच खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका विषयमा कुराकानी भएको थियो।

साउदी अरेबियाको राजधानी रियादले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि ओलम्पिक काउन्सिल अझ एसिया (ओसिए)मा दाबी प्रस्ताव पेश गरेको छ। त्यही प्रस्तावमा नेपालको समर्थन तथा सहयोगका लागि राजदूत आरवेले अध्यक्ष श्रेष्ठसँग भेट गरेका हुन्। २०३० को एसियाली खेलकुद आयोजनका लागि रियादसँगै कतारको दोहाले पनि दाबी गरेको छ। आफ्नो दाबीमा सहयोग गर्नका लागि अनुरोध गर्न यसअघि कतारी ओलम्पिक कमिटीको टोलीले पनि एनओसी अध्यक्षसँग भेट गरेको थियो।

एनओसी अध्यक्ष श्रेष्ठले साउदी र कतारका प्रस्ताव तुलनात्मक रूपमा समान रहेको बताउँदै यसबारे ओमानको मस्कटमा हुने एसियाली ओलम्पिक कमिटीको साधारण सभामा दुवै पक्षसँग थप छलफल हुने बताए। अध्यक्ष श्रेष्ठले अन्तिम निर्णय गर्दा नेपाली खेलकुद र खेलाडीको हित र स्वार्थलाई केन्द्रमा राखिने बताए।

मस्कटमा हुने ओसिएको साधारण सभामा अध्यक्ष श्रेष्ठसँगै महासचिव निलेन्द्रराज श्रेष्ठले पनि भाग लिनेछन्।

प्रतिक्रिया दिनुहोस्