एजेन्सी। केभिन प्रिन्स बोएटिङले बार्सिलोनाका सुपरस्टार लियोनेल मेसीलाई अर्जेन्टिना तथा नेपोलीका महान हस्ती डिएगो म्याराडोनाको सम्मानमा इटालियन सिरी ‘ए’को टोली सरुवा हुन सुझाएका छन्।
विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी मानिने म्याराडोनाको गत महिना ६० वर्षको उमेरमा मृत्यु भएको थियो। नेपोलीले म्याराडोनाको सम्मानमा आफ्नो रंगशालाको नाम नै परिवर्तन गरी स्टेडियो डिएगो अर्मान्डो म्याराडोना राखेको थियो।
१९८६ को विश्वकप विजेता अर्जेन्टिनी सुपरस्टारले नेपोलीलाई १९८७ र १९९० मा इटालियन सिरी ‘ए’को उपाधि जिताएका थिए। नेपोलीले अहिलेसम्म लिग जितेको त्यही दुईपटक हो। म्याराडोना १९८४ मा बार्सिलोनाबाट नेपोली सरुवा भएका थिए।
मेसीले गत महिना ओसासुनामाथि ४-० को जित हासिल गर्ने क्रममा गोल गरेपछि म्याराडोनाको सम्मानमा आफूले लगाएको बार्सिलोनाको जर्सी फुकालेर भित्र लगाएको म्याराडोनाको लोकप्रिय न्युवेल्स ओल्ड ब्वाइजको १० नम्बर जर्सी प्रदर्शन गरेका थिए।
मेसीका पूर्व बार्सिलोना सहयात्री बोएटिङले म्याराडोनाको सम्मानमा मेसीले त्यति गरेर नपुग्ने बताएका छन्। जारी सिजनको अन्त्यसँगै बार्सिलोनासँगको सम्झौता सकिएपछि म्यानचेस्टर सिटी वा पेरिस सेन्ट जर्मन सरुवा हुने चर्चा चलेका मेसीले म्याराडोनाको सम्मानका लागि उनैले खेलेको इटालियन क्लब नेपोलीबाट खेल्नुपर्ने सुझाव दिए।
“मेसीलाई म्याराडोनासँग दाँजिएको मैले धेरै पटक सुनेको छु। त्यसैले म मेसीलाई एउटा प्रस्ताब गर्न चाहन्छु,” हाल मारियो बालोटेलीसँगै इटालियन सिरी ‘बी’को टोली मोन्जाबाट खेलिरहेका बोएटिङले भने, “बार्सिलोनासँगको सम्झौता सकिएपछि मेसीले नेपोली रोज्नुपर्छ। उनी आफैले नेपोलीका अध्यक्षलाई फोन गरेर ‘म आउँदैछु’ भने भने झन राम्रो हुन्छ।”
नेपोलीले म्याराडोनाको सम्मानमा १० नम्बर जर्सी प्रयोग नगर्ने निर्णय गरिसके पनि मेसीले पैसा नसोची भावनाका लागि नेपोलीबाट एक वा दुई वर्ष खेल्नुपर्ने बोएटिङको भनाइ छ।
“सायद मेसीको आगमनबाट नेपोलीले कुनै उपाधि जित्न सक्छ। त्यसो भयो भने यो एउटा फिल्मको कथा जस्तै हुनेछ। म मेसीको ठाउँमा भएको भए त्यसै गर्थेँ,” बोएटिङले भने।
" /> एजेन्सी। केभिन प्रिन्स बोएटिङले बार्सिलोनाका सुपरस्टार लियोनेल मेसीलाई अर्जेन्टिना तथा नेपोलीका महान हस्ती डिएगो म्याराडोनाको सम्मानमा इटालियन सिरी ‘ए’को टोली सरुवा हुन सुझाएका छन्।विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी मानिने म्याराडोनाको गत महिना ६० वर्षको उमेरमा मृत्यु भएको थियो। नेपोलीले म्याराडोनाको सम्मानमा आफ्नो रंगशालाको नाम नै परिवर्तन गरी स्टेडियो डिएगो अर्मान्डो म्याराडोना राखेको थियो।

">