एजेन्सी। अस्ट्रेलिया भ्रमणमा रहेको भारतले घरेलु टोलीविरुद्धको चार टेस्टको शृंखला खेल्नुअघि टोलीका स्टार ब्याट्सम्यान रोहित शर्मा चोटमुक्त भएका छन्।
भारतीय टोलीका ओपनर रोहितले शुक्रबार फिट्नेस परीक्षण सफलतापूर्वक पार गरेका थिए। नेशनल क्रिकेट एकेडेमीले शुक्रबार फिट्नेस परीक्षण पार गरेपछि रोहित यही डिसेम्बर १७ बाट सुरु हुने शृंखलाका लागि उपलब्ध हुने बताएको छ। तथापि कोरोना भाइरसको महामारीका कारण अस्ट्रेलिया पुग्ने जोकोहीले दुई साता क्वारेन्टिनमा बस्नुपर्ने नियमका कारण पहिलो दुई टेस्टमा भने रोहित उपलब्ध हुने छैनन्। तर, पछिल्ला दुई टेस्टमा उनी मैदान उत्रिन सक्ने सम्भावना छ।
पहिलो टेस्टपछि कप्तान विराट कोहली सुत्केरी बिदामा बस्नेछन्। उनकी गर्भवती श्रीमती अनुश्का शर्माले चाढै पहिलो सन्तान जन्माउने अपेक्षा गरिएको छ।
आइपिएल दौरान मांसपेशीमा समस्या आएका कारण रोहित आराममा थिए। पहिलो टेस्टपछि विराट पनि बिदामा हुँदा भारतीय टोली दबाबमा हुने अनुमानका बीच रोहित ठीक हुनु भारतीय समर्थकका लागि खुसीको खबर बनेको छ।
" /> एजेन्सी। अस्ट्रेलिया भ्रमणमा रहेको भारतले घरेलु टोलीविरुद्धको चार टेस्टको शृंखला खेल्नुअघि टोलीका स्टार ब्याट्सम्यान रोहित शर्मा चोटमुक्त भएका छन्।भारतीय टोलीका ओपनर रोहितले शुक्रबार फिट्नेस परीक्षण सफलतापूर्वक पार गरेका थिए। नेशनल क्रिकेट एकेडेमीले शुक्रबार फिट्नेस परीक्षण पार गरेपछि रोहित यही डिसेम्बर १७ बाट सुरु हुने शृंखलाका लागि उपलब्ध हुने बताएको छ। तथापि कोरोना भाइरसको महामारीका कारण अस्ट्रेलिया पुग्ने जोकोहीले दुई साता क्वारेन्टिनमा बस्नुपर्ने नियमका कारण पहिलो दुई टेस्टमा भने रोहित उपलब्ध हुने छैनन्। तर, पछिल्ला दुई टेस्टमा उनी मैदान उत्रिन सक्ने सम्भावना छ।

">