काठमाडौं। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले टीममा भएका सबै खेलाडीलाई खुसी राख्न नसकिने बताएका छन्। युरोपा लिगमा गएराति रोयल एन्टवर्पलाई २-० ले पराजित गरेपछि माउरिन्होले त्यस्तो बताएका हुन्।
घरेलु लिगमा ११ खेल सकिँदा एकरुपको प्रदर्शन गरेको टोटेनह्याम अहिले शीर्ष स्थानमा छ। माउरिन्होले गएराति पुनः दोस्रो टीमका खेलाडीलाई मौका दिएका थिए। उनले ह्यारी केन, सन ह्युङ मिन जस्ता खेलाडीलाई बेन्चमा राखेर अग्रपंक्तिको जिम्मेवारी गारेथ बेल, कार्लोस भिनिसियस र लुकास मोउरालाई दिएका थिए।
टोटेनह्यामले भिनिसियसको गोलबाट ५७औं मिनेटमा अग्रता लिएको थियो। ७१औं मिनेटमा जियोभानी लो सेल्सोले अग्रता दोब्बर बनाए।
जितसँगै टोटेनह्याम १३ अंकका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्यो। पराजित रोयल एन्टवर्प पनि १२ अंकका साथ दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्न सफल भयो।
माउरिन्होले डिले अलीलाई पुन एक मौका दिएनन्। माउरिन्होले दोस्रो हाफमा पाँच खेलाडी परिवर्तन गर्दा पनि अलीले बेन्चमै थन्किए।
‘‘म सबै खेलाडीलाई खुशी बनाउन सक्दिन,’’ माउरिन्होले भने, ‘‘उनीहरु खुशी छन् भन्ने मलाई लाग्छ। किनकी हामीले जितेका छौं। तर उनीहरु खुशी छैनन्, किनकी खेल्न पाएनन्। यो जाडोमा मैदानबाट निस्केका सबै खेलाडीलाई मैले सावर लिन भने। केहीले माने केहीले मानेनन्। सबैलाई खुशी बनाउन असम्भव हुन्छ। जुन क्लबमा पनि यस्तै हो।’’
" /> काठमाडौं। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले टीममा भएका सबै खेलाडीलाई खुसी राख्न नसकिने बताएका छन्। युरोपा लिगमा गएराति रोयल एन्टवर्पलाई २-० ले पराजित गरेपछि माउरिन्होले त्यस्तो बताएका हुन्।घरेलु लिगमा ११ खेल सकिँदा एकरुपको प्रदर्शन गरेको टोटेनह्याम अहिले शीर्ष स्थानमा छ। माउरिन्होले गएराति पुनः दोस्रो टीमका खेलाडीलाई मौका दिएका थिए। उनले ह्यारी केन, सन ह्युङ मिन जस्ता खेलाडीलाई बेन्चमा राखेर अग्रपंक्तिको जिम्मेवारी गारेथ बेल, कार्लोस भिनिसियस र लुकास मोउरालाई दिएका थिए।

">