काठमाडौं। अस्ट्रेलियन बिग बास लिगमा सन्दीप लामिछानेको टिम होबर्ट हुरिकेन्सले विजयी सुरूआत गरेको छ।
कोलिन इनग्राम र टिम डेबिडको अर्धशतकप्रेरित होबर्टले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको हो।
होबर्टस्थित बेलेरिभ ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको होबर्टले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७८ रन बनाएको थियो। १७९ रनको लक्ष्य पछ्याएको सिड्नीले ६ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो।
होबर्टका लागि इनग्रामले ५५ रन बनाए भने डेबिडले ५८ रन जोडे। पिटर ह्याण्डसकोम्बले २४ रन बनाउँदा नाथन इलिसले १४ रन जोडे। सिड्नीका बेन ड्वार्शुइसले र ड्यानियल क्रिष्टेनले समान तीन/तीन विकेट लिँदा बेन्जामिन मेनेटी र स्टिभ आ‘कीफले एक/एक विकेट लिए।
सिड्नीका लागि जेम्स भिन्सेले सबभन्दा धेरै ६७ रन बनाए। ज्याक इडवार्डले ४७ रन बनाउँदा जोर्डन सिल्कले १३ तथा क्रिष्टेनले १० रन बनाए।
होबर्टका जेम्स फउल्कनर र रिले मेरेडिथले समान दुई/दुई विकेट लिए भने इलिस र स्कट बोलान्डको नाममा एक/एक विकेट रह्यो।
" /> काठमाडौं। अस्ट्रेलियन बिग बास लिगमा सन्दीप लामिछानेको टिम होबर्ट हुरिकेन्सले विजयी सुरूआत गरेको छ।कोलिन इनग्राम र टिम डेबिडको अर्धशतकप्रेरित होबर्टले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको हो।

">