काठमाडौं। भारतका कप्तान विराट कोहली आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ब्याटिङ वरीयताको शीर्ष स्थान कायमै रहेका छन्।
कोहलीले अस्ट्रेलिया भ्रमणमा दुई अर्धशतक प्रहार गरेका थिए। जसका कारण उनलाई आईसीसी वरीयताको शीर्ष स्थानमा राख्न सहयोग गर्यो। ह्यामस्ट्रिङ चोटका कारण अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखला गुमाएका भारतका रोहित शर्मा पनि दोस्रो स्थानमा यथावत छन्। तेस्रो स्थानमा पाकिस्तानका बाबर अजम छन्।
अस्ट्रेलियाका कप्तान एरोन फिन्च पाँचौं स्थानमा छन्। फिन्चले भारतविरुद्धको पहिलो खेलमा ११४ रन बनाएका थिए भने दोस्रो ६० र तेस्रो खेलमा ७५ रन बनाएका थिए। त्यस्तै भारतविरुद्धको पहिलो दुई खेलमा शतक प्रहार गरेका स्टिभ स्मिथ १५औं स्थानमा छन्। अस्ट्रेलियाका ओपनर डेबिड वार्नर सातौं स्थानमा यथावत छन्।
न्युजिल्यान्डका रोस टेलर चौथो स्थानमा छन्। भने दक्षिण अफ्रिका फाफ डु प्लेसिस एक स्थान तल झरेका छन्।
बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट शीर्ष स्थानमा छन् भने अफगानिस्तानका मुजीव रहमान दोस्रो स्थानमा छन्। भारतका जसप्रित बुमराह तेस्रो स्थानमा छन्। बंगलादेशका शाकिब अल हसन एकदिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर तर्फ शीर्ष स्थानमा यथावत छन्। अफगानिस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा छन् भने इङ्ल्यान्डका क्रिस वक्स तेस्रो स्थानमा छन्।