काठमाडाैं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नयाँ टी-२० वरीयताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन्।
आईसीसीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका छन्। उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पारेका छन्। जडेजा ८१औँ स्थानमा छन्। यसअघिको वरीयतामा लामिछाने ८१औँ स्थानमा थिए।
चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ वरीयतामा लामिछानेभन्दा पछाडि छन्। नयाँ वरीयतामा ब्रेथवेट ८२औँ स्थानमा तथा स्टोक ८५औँ स्थानमा रहेका छन्।
लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल) पछि कुनै पनि प्रतियोगिता खेलेका छैनन्। इन्डियन प्रिमियर लिग (आईपीएल) मा कुनै पनि खेल खेल्न नपाएका कारण लामिछानेको वरीयतामा उल्लेख्य सुधार हुन नपाएको बताइएको छ। रासस
" /> काठमाडाैं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नयाँ टी-२० वरीयताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन्।आईसीसीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका छन्। उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पारेका छन्। जडेजा ८१औँ स्थानमा छन्। यसअघिको वरीयतामा लामिछाने ८१औँ स्थानमा थिए।

">