दक्षिण अफ्रिकाले १३ वर्षपछि पाकिस्तान भ्रमण गर्ने
एजेन्सी। दक्षिण अफ्रिकाले २००७ यता पहिलो पटक पाकिस्तानको क्रिकेट भ्रमण गर्ने भएको छ।

दुई टेस्ट तथा तीन ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलका शृंखलाका जनवरी २६ मा सुरु भएर फेब्रुअरी १४ सम्म चल्ने बताइएको छ।

शृंखलाका लागि दक्षिण अफ्रिकी टोली जनवरी १६ मा पाकिस्तान पुग्नेछ। कराची र रावलपिण्डीमा हुने टेस्ट तथा लाहोरमा हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलको शृंखलाअघि दक्षिण अफ्रिकी टोली १० दिन क्वारेन्टिनमा बस्नेछ।

लामो समयसम्म अन्तर्राष्ट्रिय क्रिकेट हुन नसकेको पाकिस्तान भ्रमण गर्ने पछिल्ला वर्षमा दक्षिण अप्रिलका विश्व टेस्ट च्याम्पियनसिपको तेस्रो टोली हुनेछ। यसअघि श्रीलंकाले २०१९ तथा बंगलादेशले यसै वर्षको पूर्वाद्र्धमा पाकिस्तान भ्रमण गरेका थिए।

“दक्षिण अफ्रिकाले पाकिस्तान भ्रमण गरेर तीन मुख्य केन्द्रमा खेल खेल्ने निर्णय गरेकोमा हामी आभारी छौं। यो पाकिस्तानी क्रिकेट र समर्थकका लागि खुसीको खवर हो,” पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का निर्देशक जाकिर खानले भनेका छन्, “पाकिस्तानमा दक्षिण अफ्रिका अत्यन्तै लोकप्रिय टिम हो। उनीहरुले पछिल्लो पटक २००७ मा पाकिस्तानमा खेलेका थिए। समर्थकहरु दक्षिण अफ्रिकी टिमको प्रतिक्षामा व्यग्र छन्।”

२००९ मा भ्रमणकारी श्रीलंकाली क्रिकेट टिमको बसमाथि लाहोरमा आतंककारी हमला भएपछि अन्तर्राष्ट्रिय टोलीहरुले पाकिस्तानको भ्रमण गरेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्