काठमाडौं। युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को समीक्षा गर्न नसक्नुमा व्यवस्थापकीय कमजोरी भएको स्विकार गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार राष्ट्रिय संघहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले १३औं साग भव्य रूपमा सम्पन्न भए पनि त्यसको समीक्षा गर्न नसक्नुमा व्यवस्थापकीय कमजोरी भएको स्वीकारेका हुन्।
“समीक्षा गर्नुपर्ने थियो। व्यवस्थापकीय कमजोरीका कारण हुन सकेन। हामी यसमा चुक्यौं। हाम्रो ध्यान पुग्न सकेन,” मन्त्रीले भने, “साग सकिएर एक वर्ष पूरा भइसकेको छ। तर, हामीले त्यसको समीक्षाका लागि यसरी भेला हुन पाएनौं। कोरोनालाई मात्र पनि बाहना बनाउन सकिँदैन। यसमा हाम्रो गल्ती भएकै हो।”
राष्ट्रिय खेलकुद परिषद्ले १३औं साग सकिएको तीन महिनामा हिसावकिताव सार्वजनिक गर्ने घोषणा गरे पनि झण्डै एक वर्षपछि यही मसिर १४ गते सार्वजनिक गरेको थियो।
१३औं साग नेपालको काठमाडौं, पोखरा र जनकपुरमा गत मंसिर १५ देखि २४ गतेसम्म भएको थियो। सागमा नेपालले अहिलेसम्मकै सबभन्दा धेरै ५१ स्वर्ण पदक जितेको थियो।
उद्घाटनको अघिल्लो दिनसम्म पनि हुन्छ कि हुँदैन भन्ने दोधारमा रहेको साग सफलतापूर्वक सम्पन्न भएका थियो। त्यसमा सबै राष्ट्रिय खेल संघले आ-आफ्नो तर्फबाट सहयोग गरे पनि त्यसको मुल्याङ्कन नभएको संघका प्रतिनिधिले गुनासो गरेका थिए।
एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहले संघलाई जिम्मेवारी दिए पनि स्रोत र साधनमा अधिकार नदिएको बताएका थिए। उनले भने, “सागमा संघहरुले मरिमेटेर काम गरेका छन्। तर त्यसको मुल्याङ्कन हुन सकेन। संघको भूमिकालाई माइनस गरियो।”
त्यस्तै आर्चरी संघका महासचिव रमेश सिवाकोटीले पनि सागको समीक्षा कार्यक्रम नराखिएकोमा चर्को आलोचना गरेका थिए।
“१३ औँ साग आयोजना गरिसकेपछि त्यसको समीक्षा गर्नका लागि किन यसरी जुट्न सकिएन?,” सिवाकोटीले प्रश्न थियो, “मलाई दुःख लागेको छ। साग सफलतापूर्वक सम्पन्न भयो। तर, त्यसमा थुप्रै कमी कमजोरी पनि थिए। त्यसको समीक्षा गर्नु किन आवश्यक ठानिएन ?”
मन्त्री विश्वकर्माले १३औं सागपछि नेपाली खेलकुदमा नयाँ माहोल बनेको बताएका थिए। सागपछि खेलकुदलाई हेर्ने नजर परिवर्तन भएको भन्दै मन्त्रीले थपे, “यो सुखद पक्ष हो। सागअघि खेल क्षेत्रले आशातित रुपमा राज्यको ध्यान तान्न सकेको थिएन। यो राज्यबाट केही उपेक्षित थियो। तर अहिले प्राथमिकतामा परेको छ।”
" /> काठमाडौं। युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को समीक्षा गर्न नसक्नुमा व्यवस्थापकीय कमजोरी भएको स्विकार गरेका छन्।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार राष्ट्रिय संघहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले १३औं साग भव्य रूपमा सम्पन्न भए पनि त्यसको समीक्षा गर्न नसक्नुमा व्यवस्थापकीय कमजोरी भएको स्वीकारेका हुन्।

">