एजेन्सी। छ पटकको विजेता लिभरपुल समूह 'डी' विजेता बन्दै च्याम्पियन्स लिगको नकआउटमा प्रवेश गरेको छ।
गएराति भएको समूह चरणको अन्तिम खेलमा मिड्ट्जिल्यान्डसँग १-१ गोलको बराबरी खेल्दै लिभरपुलले समूह तालिकाको शीर्ष स्थान सुरक्षित गर्यो। मिड्ट्जिल्यान्डको मैदानमा भएको खेलको पहिलो मिनेटमै मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाएका थिए।
तर, सोही अग्रतालाई कायम राख्न नसक्दा लिभरपुलले बराबरीमा रोकिनु पर्यो। पहिलो हाफमा ०-१ ले पछि परेको मिड्ट्जिल्यान्डले ६२औं मिनेटमा बराबरी गोल गरेको थियो। घरेलु टोलीका अलेक्जेन्डर स्क्लोल्जले पेनाल्टी स्पटबाट गरेको गोलसँगै मिड्ट्जिल्यान्डले एक अंक बटुल्यो।
तर, यसअघिका खेलबाट१ अंक मात्र हासिल गर्न सफल भएको मिड्ट्जिल्यान्डले चौथो स्थानमा रहेर समूह चरण टुङ्ग्याउँदा प्रतियोगिताबाटै बाहिरिनु पर्यो। एट्लान्टाले ११ अंकसहित दोस्रो स्थानमा रहेर नकआउटमा स्थान बनाउँदा आयाक्य ७ अंकसहित युरोपा लिगतर्फ धकेलियो।
शीर्ष स्थानको लिभरपुलले १३अंक जोड्यो।
" /> एजेन्सी। छ पटकको विजेता लिभरपुल समूह 'डी' विजेता बन्दै च्याम्पियन्स लिगको नकआउटमा प्रवेश गरेको छ।गएराति भएको समूह चरणको अन्तिम खेलमा मिड्ट्जिल्यान्डसँग १-१ गोलको बराबरी खेल्दै लिभरपुलले समूह तालिकाको शीर्ष स्थान सुरक्षित गर्यो। मिड्ट्जिल्यान्डको मैदानमा भएको खेलको पहिलो मिनेटमै मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाएका थिए।

">