काठमाडौं। अन्तिम खेलमा फ्रेन्च क्लब मार्सेलाई ३-० ले पराजित गरेसँगै समूह 'सी' को विजेता बन्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।
मंगलबार राति घरेलु मैदानमा भएको खेलमा सिटीलाई विजयी बनाउन फेरान टोरेस र सर्जियो अग्वेरोले १/१ गोल गर्दा विपक्षी टोलीका अल्भारो गोन्जालेजले एक आत्मघाती गोल गरे।
पहिलो हाफमा गोल गर्न असफल रहेको सिटीले ४८औं मिनेटमा टोरेसको गोलसँगै खाता खोलेको थियो। त्यसपछि ७७औं मिनेटमा अग्वेरोले अग्रता दोब्बर पारे।
पेप ग्वार्डिओलाको आक्रमक सिटीविरुद्ध संघर्षरत मार्सेका गोन्जालेजले ९०औं मिनेटमा आत्मघाति गोल गरेसँगै इङ्लिस महारथी सिटीले फराकिलो जित निकाल्यो।
समूह चरणका ६ खेलबाट १६ अंकसहित सिटीले नकआउटको यात्रा तय गर्दा पराजित मार्से तीन अंकमा सीमित रहँदै प्रतियोगिताबाट बाहिरिनु पर्यो। सोही समूहबाट पोर्टो पनि अन्तिम १६ मा पुगिसकेको छ भने ओलम्पियाकस युरोपा लिगमा झरेको छ।
" /> काठमाडौं। अन्तिम खेलमा फ्रेन्च क्लब मार्सेलाई ३-० ले पराजित गरेसँगै समूह 'सी' को विजेता बन्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।मंगलबार राति घरेलु मैदानमा भएको खेलमा सिटीलाई विजयी बनाउन फेरान टोरेस र सर्जियो अग्वेरोले १/१ गोल गर्दा विपक्षी टोलीका अल्भारो गोन्जालेजले एक आत्मघाती गोल गरे।

">