काठमाडौं। साविक विजेता बायर्न म्युनिख समूह 'ए' विजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।
गएराति घरेलु मैदानमा भएको समूह चरणको अन्तिम खेलमा लोकोमोटिभ मस्कोलाई २-० ले पराजित गरेसँगै ६ खेलबाट १६ अंकसहित समूह नकआउटमा स्थान सुरक्षित गरेको हो।
एलिनाज एरिनामा च्याम्पियन बायर्नलाई जित दिलाउन निक्लास सुल र एरिक म्याक्सिम चुपो-मोटिङले १/१ गोल गरे। पहिलो हाफमा मस्कोले बायर्नलाई गोल गर्नबाट रोके पनि ६३औं मिनेटमा निक्लासले भ्रमणकारी टोलीको रक्षापंक्ति छिचोलेका थिए।
गोलका लागि निरन्तर प्रयासरत् बायर्नले निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी रहँदा चुपो-मोटिङको गोलसँगै अग्रता दोब्बर पार्यो।
र, सोही अग्रताको बचाउ गर्दै तीन अंक हासिल गरेको बायर्नले नकआउटमा पुग्दा मस्को समूह चरणबाटै बाहरिएको छ। सोही समूहबाट स्पेनिस क्लब एट्लेटिको मड्रिड पनि अन्तिम १६ मा पुगेको छ।
" /> काठमाडौं। साविक विजेता बायर्न म्युनिख समूह 'ए' विजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।गएराति घरेलु मैदानमा भएको समूह चरणको अन्तिम खेलमा लोकोमोटिभ मस्कोलाई २-० ले पराजित गरेसँगै ६ खेलबाट १६ अंकसहित समूह नकआउटमा स्थान सुरक्षित गरेको हो।

">