काठमाडौं। साविक उपविजेता पेरिस सेन्ट जर्मन (पीएसजी) समूह 'एच' को विजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।
गएराति भएको खेलमा इस्तानबुल बसिक्सेरमाथि ५-१ को जित निकाल्दै पिएसजीले समूह तालिकाको शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।
मंगलबार राति भएको खेलमा म्याच अफिसियलले रंङ्गभेदी भाषा प्रयोग गरेको भन्दै खेलाडीले मैदान छाडेपछि खेल १४औं मिनेटमा रोकिएको थियो। र, सोही समयदेखि बुधबार राति भएको खेलमा पिएसजीलाई जित दिलाउन नेइमारले ह्याट्रिक गर्दा किलियान एम्बाप्पेले दुई गोल गरे।
घरेलु मैदानमा भएको खेलको २१, ३८ र ५०औं मिनेटमा नेइमारले गोल गर्दा एम्बाप्पेले ४२औं मिनेटमा पेनाल्टीमार्फत् तथा ६२औं मिनेटमा खेलको अन्तिम गोल गरेका थिए।
भ्रमणकारी इस्तानबुलका लागि मेहमत तोपालले ५७औं मिनेटमा एक मात्र निर्णायक गोल गरे। जीतसँगै पीएसजीले ६ खेलबाट १२ अंक जोड्दा इस्तानबुल ३ अंक जोड्दै प्रतियोगिताबाट बाहिरियो।
सोही समूहबाट मंगलबार राति म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै आरबी लाइपजिग अन्तिम १६ मा पुगिसकेको छ।
" /> काठमाडौं। साविक उपविजेता पेरिस सेन्ट जर्मन (पीएसजी) समूह 'एच' को विजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।गएराति भएको खेलमा इस्तानबुल बसिक्सेरमाथि ५-१ को जित निकाल्दै पिएसजीले समूह तालिकाको शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

">