काठमाडौं। एट्लेटिको मड्रिडले अस्ट्रिया भ्रमणमा साल्जबर्गमाथि २-० को नतिजा निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ।
भ्रमणकारी टीम एट्लेटिकोले मारियो हर्मोसोको गोलबाट ३९औं मिनेटमा अग्रता लिएको थियो। उनले यानिक कारास्कोको फ्रीकिकलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। खेल सकिन चार मिनेट बाँकी हुँदा कारास्कोले एन्जेड कोरेको क्रसमा अर्को गोल थपेपछि एट्लेटिको अन्तिम १६ मा स्थान बनाउन सफल भयो।
स्पेनिस ला लिगाको क्लब एट्लेटिकोले समूह ‘ए’ को दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाएको हो। एट्लेटिकोको ९ अंक छ भने शीर्ष स्थानको बायर्न म्युनिखले १६ अंक जोड्यो। चार अंक जोडेको साल्जबर्ग चार अंकसहित तेस्रो स्थानमा रह्यो।
शीर्ष स्थानको बायर्नले लोकोमोटिभ मस्कोलाई २-० ले पारजित गरेको थियो।
" /> काठमाडौं। एट्लेटिको मड्रिडले अस्ट्रिया भ्रमणमा साल्जबर्गमाथि २-० को नतिजा निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ।भ्रमणकारी टीम एट्लेटिकोले मारियो हर्मोसोको गोलबाट ३९औं मिनेटमा अग्रता लिएको थियो। उनले यानिक कारास्कोको फ्रीकिकलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। खेल सकिन चार मिनेट बाँकी हुँदा कारास्कोले एन्जेड कोरेको क्रसमा अर्को गोल थपेपछि एट्लेटिको अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

">