काठमाडौं। करिम बेन्जेमाले हेडिङबाट गरेको दुई गोलप्रेरित रियाल मड्रिडले गएराति बोरुसिया मोन्चेनग्लाडबचलाई २-० ले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ।
जितसँगै रियालले समूह ‘बी’ को शीर्ष स्थानमा रह्यो भने पराजित मोन्चेनग्लाडबच दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल भयो। इन्टर मिलान र साख्तर डोनेस्क दुवैलाई अघिल्लो चरणमा स्थानमा बनाउन जित्नै पर्ने अवस्था थियो। तर, सान सिएरोमा गोलरहित बराबरी खेलेपछि दुवै टीमको यात्रा समूह चरणमै टुंगियो।
रियालले ६ खेलबाट १० अंक जोड्दा मोन्चेनग्लाडबचको आठ अंक थियो। समान आठ अंक भए पनि साख्तर डोनेस्क तेस्रो स्थानमा रह्यो भने ६ अंक जोडेको इन्टर मिलान समूहको पुछारमा रह्यो।
बेन्जेमाले लुकास भाजक्वेजको क्रसमा गोल गर्दै नवौं मिनेटमा रियालले अग्रता लिएको थियो। ३२औं मिनेटमा बेन्जेमाले रोड्रिगोको क्रसलाई हेडमार्फत पोष्ट दिदैं अग्रता दोब्बर बनाए।
यससँगै रियालले १९९६/९७ को सिजनबाट लगातार नकआउट चरणमा स्थान बनाउन सफल भएको छ। जिनेदिन जिदानको रियालले पछिल्लो सातमध्ये चार पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ।
गत साता साख्तर डोनेक्ससँग २-० ले पराजित भएपछि रियालको अन्तिम १६ यात्रा सकसपूर्ण बनेको थियो। तर, घरेलु मैदानमा मोन्चेनग्लाडबचमाथि उत्कृष्ट प्रदर्शन गरेपछि लगातार २५औं सिजन पनि रियाल अन्तिम १६ मा स्थान सफल भयो।
इन्टर मिलान भने लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरियो। इन्टरले विपक्षी पोष्टमा २० वटा प्रहार गरे पनि सफलता हासिल गर्न सकेन। साख्तर समूह चरणमा दुई पटक रियाल मड्रिडलाई पराजित गरे पनि अघिल्लो चरणमा स्थान बनाउन असफल रह्यो।
" /> काठमाडौं। करिम बेन्जेमाले हेडिङबाट गरेको दुई गोलप्रेरित रियाल मड्रिडले गएराति बोरुसिया मोन्चेनग्लाडबचलाई २-० ले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ।जितसँगै रियालले समूह ‘बी’ को शीर्ष स्थानमा रह्यो भने पराजित मोन्चेनग्लाडबच दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल भयो। इन्टर मिलान र साख्तर डोनेस्क दुवैलाई अघिल्लो चरणमा स्थानमा बनाउन जित्नै पर्ने अवस्था थियो। तर, सान सिएरोमा गोलरहित बराबरी खेलेपछि दुवै टीमको यात्रा समूह चरणमै टुंगियो।

">