एजेन्सी। लियोनेल मेसीले बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मन (पिएसजी) रोजे फ्रान्सेली लिग वान च्याम्पियनको सन्तुलन बिग्रिने भन्दै आर्सेन वेंगरले सचेत गराएका छन्।
सरुवा बजार खुल्ला हुँदा क्याम्प नोउ छोड्न असफल भएका ६ पटकका बालन डी अर विजेता मेसी पिएसजी वा म्यानचेस्टर सिटी सरुवा हुने चर्चाले अहिले युरोपेली फुटबल जगत् तातेको छ।
बार्सिलोनाले ३३ वर्षे मेसीलाई स्वतन्त्र सरुवा प्रणालीअन्तर्गत अन्य क्लब जानबाट रोकेको थियो। तर जारी सिजनको अन्त्यसँगै बार्सिलोनासँगको सम्झौता सकिएपछि भने उनी क्याम्प नोउ छोड्नका लागि स्वतन्त्र हुनेछन्।
बार्सिलोनासँगको सम्झौता सकिएपछि मेसीको सम्भावित गन्तब्य पिएसजी हुन सक्छ। तर यसअघि नै किलियन एमबाप्पे र नेइमारजस्ता दुई ठूला स्टार भएको टोलीमा मेसीको उपस्थिति वास्तविक आवश्यकताको सिद्धान्तमा आधारित नहुने वेंगरको बुझाइ छ।
“लियोनेल मेसी विश्वका सर्वोत्कृष्ट दुई खेलाडीमध्ये एक हुन्, अर्का सर्वोत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो हुन्। तर पिएसजीको वर्तमान टोलीमै मेसी र रोनाल्डोका विकल्प छन्,” आर्सनल तथा मोनाकोका पूर्व प्रशिक्षक वेंगरले भने, “यदि मेसी पिएसजी आउने हो भने क्लबमा सन्तुलनको प्रश्न स्वाभाविक रूपमा खडा हुन्छ। प्राविधिक र आर्थिक दुवै हिसाबमा टोलीलाई सन्तुलनमा राख्न कठिन हुन्छ। मेसीजस्ता खेलाडी ल्याएपछिको अर्थतन्त्र थेग्न क्लबलाई सहज हुँदैन। प्राविधिक रूपमा पनि मेसीको उपस्थिति प्रमाणित गर्न कठिन हुनेछ।”
गत अगस्तमा सम्पन्न च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखबाट पराजित भएको पिएसजीका लागि युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो उपाधि अहिले पहिलो प्राथमिकतामा रहेको छ। तर वेंगरको बुझाइमा मेसीको उपस्थितिले मात्र च्याम्पियन्स लिगमा सफलता पक्का गर्न सक्दैन।
" /> एजेन्सी। लियोनेल मेसीले बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मन (पिएसजी) रोजे फ्रान्सेली लिग वान च्याम्पियनको सन्तुलन बिग्रिने भन्दै आर्सेन वेंगरले सचेत गराएका छन्।सरुवा बजार खुल्ला हुँदा क्याम्प नोउ छोड्न असफल भएका ६ पटकका बालन डी अर विजेता मेसी पिएसजी वा म्यानचेस्टर सिटी सरुवा हुने चर्चाले अहिले युरोपेली फुटबल जगत् तातेको छ।

">