काठमाडौं। क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाका फरवार्ड लियोनल मेसीलाई कहिल्यै पनि प्रतिद्वन्द्वीका रूपमा नलिएको बताएका छन्।
च्याम्पियन्स लिगमा गएराति बार्सिलानोलाई ३-० ले पराजित गरेपछि युभेन्टसका फरवार्ड रोनाल्डोले यस्तो बताएका हुन्।
रोनाल्डोले पेनाल्टी दुई तथा वेष्टर्न म्याकेनीले एक गोल गोल गरेपछि युभेन्टसले बार्सिलोनालाई उसैको मैदानमा ३-० ले हराएको थियो। जितसँगै युभेन्टसले समूहको शीर्ष स्थानमा रहेर च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनायो।
खेलअघि मेसीसँग अँगालो मारेका रोनाल्डोले मेसीलाई आफूले कहिल्यै पनि प्रतिद्वन्द्वीका रूपमा नलिएको बताएका हुन्।
‘‘उनीसँग मेरो सधैँ सौहार्दपूर्ण सम्बन्ध रह्यो,’’ पोर्चुगलका फरवार्ड रोनाल्डोले भने, ‘‘विगत १३-१४ वर्षदेखि अवार्ड कार्यक्रममा हामीसँगै बसेका छौं। मैले उनलाई कहिल्यै पनि प्रतिद्वन्द्वीका रूपमा लिइनँ।’’
रोनाल्डोले थपे, ‘‘उनले सधै आफ्नो टीमका लागि सक्दो राम्रो गर्ने प्रयास गरेका छन्। मैले पनि त्यही गरेको हुँ। मैले उनीबाट पनि सधैँ राम्रो व्यवहार पाएको छु। तर हामी सबैलाई थाहा भएकै कुरा हो, फुटबलमा मिडियाले सधै प्रतिद्वन्द्वीका रूपमा लिए। तर हामीबीच कहिल्यै पनि त्यस्तो भएन।’’
मेसीले गएराति युभेन्टसको पोष्टमा सातवटा प्रहार गरे पनि गोल गर्न भने सकेनन्। तर रोनाल्डोले पछिल्लो ६ खेलमा पहिलो पटक बार्सिलोनाविरुद्ध गोल गरे। यससँगै रोनाल्डोले च्याम्पियन्स लिगमा गोल सङ्ख्या १३४ पुर्याएका छन्।
रोनाल्डो रियाल मड्रिडमा हुँदा रोनाल्डो र मेसीबीच निरन्तर को उत्कृष्ट भन्ने प्रतिस्पर्धा भइरह्यो। विश्व फुटबलमै पछिल्लो समय मेसी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने बहस जारी छ। रोनाल्डो रियाल छाडेपछि दुई बीच प्रतिस्पर्धा भएको यो पहिलो पटक हो।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाका फरवार्ड लियोनल मेसीलाई कहिल्यै पनि प्रतिद्वन्द्वीका रूपमा नलिएको बताएका छन्।च्याम्पियन्स लिगमा गएराति बार्सिलानोलाई ३-० ले पराजित गरेपछि युभेन्टसका फरवार्ड रोनाल्डोले यस्तो बताएका हुन्।

">