काठमाडौं। बोरुसिया डर्टमण्डले गएराति एक शून्यले पछि परेको स्थितिबाट च्याम्पियन्स लिगमा जेनिटमाथि २-१ को विजय हसिल गरेको छ। जितसँगै डर्टमण्डले समूह ‘एफ’ को शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाएको छ।
जर्मन क्लब डर्टमण्डका योसुफा मोकोको च्याम्पियन्स लिग खेल्ने सबभन्दा कान्छा खेलाडी बने। दोस्रो हाफमा मैदान छिरेका मोकोको १६ वर्ष १८ दिनका भए।
घरेलु टीम जेनिटले सेबास्टिन द्रिउसीले गरेको गोलबाट १६औं मिनेटमा अग्रता लिएको थियो। तर उक्त अग्रता जोगाउन नसक्दा जेनिट प्रतियोगितामा एउटा जित पनि निकाल्न नसकी बाहिरियो।
६८औं मिनेटमा लुकास पिसचेकले बराबरी गोल फर्काए। भने ७८औं मिनेटमा एक्सेल विटसेलले गरेको गोल डर्टमण्डको जितमा निर्णायक बन्यो।
जितसँगै १३ अंक जोडेको डर्टमण्ड समूहको शीर्ष स्थानमा रह्यो। दश अंक जोडेको लाजियोले दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो। लाजियो र क्लब बर्गले २-२ को बराबरी खेले। क्लब बर्ग आठ अंकका साथ तेस्रो स्थानमा रह्यो।
" /> काठमाडौं। बोरुसिया डर्टमण्डले गएराति एक शून्यले पछि परेको स्थितिबाट च्याम्पियन्स लिगमा जेनिटमाथि २-१ को विजय हसिल गरेको छ। जितसँगै डर्टमण्डले समूह ‘एफ’ को शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाएको छ।जर्मन क्लब डर्टमण्डका योसुफा मोकोको च्याम्पियन्स लिग खेल्ने सबभन्दा कान्छा खेलाडी बने। दोस्रो हाफमा मैदान छिरेका मोकोको १६ वर्ष १८ दिनका भए।

">