च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोना पराजित भएको २०१६ पछि यो पहिलो पटक हो। खेल सुरू हुनुअघि बार्सिलोना युभेन्टसभन्दा तीन अंकले माथि थियो। तर, खेलपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेर नकआउट चरणमा स्थान बनाएको छ।
लियोनल मेसी र रोनाल्डो मे २०१८ पछि पहिलो पटक आमने-सामने भए। जसमा रोनाल्डोले दुई गोल गर्दा मेसीलाई युभेन्टसका ४२ वर्षे गोलकिपर जियानलुइगी बुफोनले निराश बनाइदिए।
लियोनल मेसी २०२०/२१ सिजनको सुरूमै च्याम्पियन्स लिगमा लगातार १६ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए। उनले गएराति पनि विपक्षी पोष्टमा सात वटा प्रहार गरेका थिए। तर, उनको प्रहारले बुफोनलाई पार गर्न सकेन।

रोनाल्डोको दुई गोलमा युभेन्टसले बार्सिलोनालाई हरायो: Dekhapadhi
रोनाल्डोको दुई गोलमा युभेन्टसले बार्सिलोनालाई हरायो

काठमाडौं। क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेको दिन युभेन्टसले च्याम्पियन्स लिगमा बार्सिलोनालाई ३-० ले पराजित गरेको छ। जितसँगै युभेन्टसले समूह ‘जी’ को शीर्ष स्थानमा रहदै नकआउट चरणमा स्थान बनाएको छ।

भ्रमणकारी युभेन्टसले १३औं मिनेटमै रोनाल्डोको गोलबाट अग्रता लिएको थियो। बार्सिलोनाका रक्षक रोनाल्ड अराउजोले रोनाल्डोलाई फाउल गरेपछि युभेन्टसले पेनाल्टी अवसर पाएको थियो। त्यसको सात मिनेट वित्न नपाउँदै वेष्टन म्याकेनीले अग्रता दोब्बर बनाए।

५२औं मिनेटमा युभेन्टसले अर्को गोल थपेपछि घरेलु मैदानमा बार्सिलोनाले पुनरागमन गर्न सकेन। बार्सिलोनाका रक्षक क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रमा हातले बल छोएपछि युभेन्टसले पेनाल्टी अवसर पाएको थियो। जसलाई रोनाल्डोले कुनै गल्ती नगरी गोलमा परिणत गरे। च्याम्पियन्स लिगमा रोनाल्डो यो १३४औं गोल हो।