साढे दुई वर्ष लामो प्रतीक्षाको अन्त्य भएको छ।

च्याम्पियन्स लिगको जारी सिजनको पहिलो लेगमा मेसी र रोनाल्डो ३६औं पटक मैदानमा आमने-सामने हुन पाएनन् र आज राति बार्सिलोनाको क्याम्प नोउमा यी दुई महान् खेलाडी आमने-सामने हुने निश्चित भएको छ।

कोरोना भाइरस संक्रमित भएपछि क्रिस्टियानो रोनाल्डो टुरिनमा भएको पहिलो लेगमा अनुपस्थित थिए र अर्कातिर मेसीलाई बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोइम्यानले विश्राम दिएका थिए।

यी दुवै टोलीले प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाइसकेका छन्। तर विश्वभरका फुटबल दर्शकको ध्यान आज राति खेलको नतिजा भन्दा पनि आधुनिक फुटबल जगतका दुई महान् खेलाडीको टकरावमा केन्द्रित हुनेछ र आजको खेलले समूह ‘जी’को शीर्ष स्थानमा को रहने भन्ने निर्धारण गर्नेछ।

हेड–टू–हेड

च्याम्पियन्स लिगमा यी दुईको भिडन्तमा दबदवा मेसीको देखिन्छ। यसअघिका पाँच घम्साघम्सीमध्ये मेसीको टीम रोनाल्डोको टीमसँग एक खेलमा मात्रै पराजित भएको छ। त्यस्तै, गोलको मामिलामा पनि मेसी ३–० ले अगाडि छन्।

यसको मतलब रोनाल्डोले मेसीको टीमविरुद्ध च्याम्पियन्स लिगमा गोल गर्न सकेका छेनन् भने मेसीले तीन गोल गरेका छन्। मेसीले क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेडविरुद्ध २००९ को फाइनलमा हेडरमार्फत् गोल गरेका थिए।

त्यसको दुई वर्षपछि भएको सेमिफाइनलमा मेसीले रोनाल्डोको रियाल मड्रिडविरुद्ध दुई गरेका थिए। त्यो हारसँगै रियाल प्रतियोगिताबाट बाहिरिएको थियो।

क्याटलान् महारथी बार्सिलोनाका कप्तान मेसीले ४४५ पटक बल टच गरेका छन् जुन रोनाल्डो (२४८) को तुलनामा झण्डै दोब्बर हो। तर, पोर्चुगाली सुपर स्टार रोनाल्डोले (२०) अर्जेन्टाइन कप्तान मेसी (१७) को तुलनामा धेरै पटक गोलपोष्टमा प्रहार गरेका छन्।

यी दुई खेलाडीबीच भएको दोस्रो भिडन्त थियो, २००७/०८ को सेमिफाइनल। त्यो खेलमा मेसीले १६ पटक सफ ड्रिबलिङ गरेका थिए। जुन, च्याम्पियन्स लिगको इतिहासमै एक खेलाडीले नकआउट गेममा गरेको सबैभन्दा धेरै हो।

र, त्यो खेल १–० ले पराजित हुँदै म्यानचेस्टर युनाइटेड प्रतियोगिताबाट बाहिरिँदा रोनाल्डोको पहिलो पटक उपाधि जित्ने यात्रामा पूर्णविराम लागेको थियो।

देश र क्लबबाट हालसम्म यी दुईबीच भएका सबैखाले ३५ वटा भिडन्तमा मेसीले १६ जित र ९ बराबरी नतिजासहित अग्रता लिइरहेका छन्। र, मेसीले २२ गोल र १२ असिस्ट गर्दा रोनाल्डोले १९ गोल र १ असिस्ट गरेका छन्।

उपाधिको सन्दर्भ

उपाधिको प्रतिस्पर्धामा संख्यात्मक हिसाबले मेसी ३६ सहित अगाडि र रोनाल्डो ३२ उपाधिसहित पछाडि नै छन्। मेसीका ३६ सफलतामा ओलम्पिक स्वर्णपदक, यु–२० विश्वकप पनि समावेश छन्।

अर्कातिर, रोनाल्डोले मेसीभन्दा धेरै (५) पटक च्याम्पियन्स जितेका छन् भने मेसीले चार पटक जितेका छन्। रोनाल्डोले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेसन्स लिग र युरो २०१६ गरी दुई उपाधि जितेका छन् भने मेसीले चार वटा मुख्य प्रतियोगिताको फाइनलमा पराजय भोग्नु परेको छ।

व्यक्तिगत रूपमा मेसीले सात पीचीची अवार्ड, छ युरोपियन गोल्डेन बुट, छ बालोन डी’अर जित्दै रोनाल्डोलाई पछाडि पारेका छन्। मेसीले हालसम्म २९ वटा ठूला व्यक्तिगत सफलता हासिल गर्दा रोनाल्डोले उक्त संख्या २६ पु¥याएका छन्।

गोल ‘ग्यालोर’

च्याम्पियन्स लिगको इतिहासमा १०० गोलको कोसेढुङ्गा पार गर्ने यी दुई खेलाडी मात्रै हुन्। र, यो प्रतिस्पर्धामा रोनाल्डो (१३२ गोलसहित) अगाडि छन् भने मेसीले ११८ गोल गरेका छन्।

गतहप्ता डिनामो किभविरुद्धको खेलमा रोनाल्डोले खेल जीवनको ७५०औं गोल गरेका थिए। ३५ वर्षीय फरवार्डले क्लबबाट खेलका ८५९ खेलमा ६४८ गोल गरेका छन्। त्यस्तै, पोर्चुगलबाट खेलेका १७० खेलमा १०२ गोल गरिसकेका छन्। मेसीले भने क्लबबाट खेलेका ७४५ खेलमा ६४१ गोल गरेका छन्। त्यस्तै, अर्जेन्टिनाबाट १४२ खेलमा ७१ गोल गरेका छन्।

यी दुई बीचको प्रतिद्वन्द्व रोनाल्डोले ९ वर्ष रियाल मड्रिडमा बिताउँदा उत्कर्षमा पुगेको थियो। स्पेनिस फुटबलका दुई शीर्ष टोलीको प्रतिनिधित्व गरेका यी दुइृ खेलाडीले विश्व फुटबलका समर्थकलाई नै दुई भागमा विभाजन गरिदिए।

समग्रमा मेसीले युरोपेली फुटबलका शीर्ष पाँच लिगमा ४४८ गोल गरेका छन्। जुन, रोनाल्डोसँगको तुलनामा ७ गोल कम हो।

धेरै कुरामा फरक-फरक पहिचान र सफलता लिएका यी दुई खेलाडीका केही कुरा मिल्दा जुल्दा पनि छन्। यी दुवै खेलाडीका लागि प्रिय विपक्षी टोली सेभिया हो। किनभने, रोनाल्डोले सेभियाविरुद्ध २७ तथा मेसीले ३७ गोल गरेका छन्।

त्यस्तै यी दुवै खेलाडीले च्यापिम्पयन्स लिगमा ८/८ ह्याट्रिक गरेका छन् भने युरोपका शीर्ष पाँच लिगमा ३६ चोटी तीन गोल गर्न सफल भएका छन्।

अन्तत: आज राति हुने खेलमा कसको पल्ला भारी हुन्छ? मेसी कि रोनाल्डो?

" /> साढे दुई वर्ष लामो प्रतीक्षाको अन्त्य भएको छ।

"> मेसी भर्सेज रोनाल्डो : यस युगका दुई महान् खेलाडीको टकराव!: Dekhapadhi
मेसी भर्सेज रोनाल्डो : यस युगका दुई महान् खेलाडीको टकराव!

प्रतिक्रिया दिनुहोस्