काठमाडौं। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले मिडफिल्डर जर्जिनियो विजनाल्डमले क्लबसँग नयाँ सम्झौता गर्ने विश्वास लिएका छन्।
नेदरल्यान्डका विजनाल्डम २०१६ मा न्युक्यासल युनाइटेडबाट लिभरपुल आएका थिए। लिभरपुलसँग विजनाल्डमको सम्झौता यसै वर्ष सकिदैछ। जनवरीपछि विजनाल्डमले ‘फ्री ट्रान्सफर’ मा क्लब छाड्न सक्नेछन्।
विजनाल्डमलाई बार्सिलोनाले भित्र्याउन चाहेको थियो। गत ‘ट्रान्सफर विन्डो’मा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले विजनाल्डम आफ्नो प्राथमिकतामा रहेको बताएका थिए। कोम्यान नेदरल्यान्डको प्रशिक्षक हुँदा विजनाल्डमसँग नजिक भएका थिए।
गएराती लिभरपुलले उल्भरह्याम्पटनलाई ४-० ले पराजित गर्दा विजनाल्डमले एक गोल गरेका थिए। उल्भरह्याम्पटनविरुद्धको खेलपछि क्लोपले विजनाल्डमबारे बोले, “उनले नियमित खेलिरहेका छन्। र मैदानमा पनि लामो समय विताएका छन्। यो सबैले के प्रमाणित गर्छ भने म र उनीबीचको सम्बन्ध राम्रो छ।”
२०१५ मा न्युक्यासल आएपछि विजनाल्डमले प्रिमियर लिगमा २६ गोल गरिसकेका छन्। विजनाल्डमले भने सम्झैताको विषयमा आफूले केही नबोल्ने बताए।
उनले भने, “मैले पहिलेदेखी भन्दै आएको छु। सम्झैताको विषयमा म केही बोल्दिन। खेलको विषयमा मात्र बोल्छु। मेरो प्रदर्शनको विषयमा बोल्छु। फुटबलको विषयमा बोल्छु। मेरो सम्झौताको अवस्थाबारे क्लबले बोल्छ।”
" /> काठमाडौं। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले मिडफिल्डर जर्जिनियो विजनाल्डमले क्लबसँग नयाँ सम्झौता गर्ने विश्वास लिएका छन्।नेदरल्यान्डका विजनाल्डम २०१६ मा न्युक्यासल युनाइटेडबाट लिभरपुल आएका थिए। लिभरपुलसँग विजनाल्डमको सम्झौता यसै वर्ष सकिदैछ। जनवरीपछि विजनाल्डमले ‘फ्री ट्रान्सफर’ मा क्लब छाड्न सक्नेछन्।

">