काठमाडौं। एनफिल्ड रंगशालामा गत मार्चपछि पहिलो पटक दर्शक फर्किएको खेलमा साविक विजेता लिभरपुलले गएराति उल्भरह्याम्पटनमाथि ४-० को विजय हासिल गरेको छ।
घरेलु मैदानमा लिभरपुलले मोहम्मद सालाहको गोलबाट २४औं मिनेटमा अग्रता लिएको थियो। जर्जिन्हो विजनाल्डमले ५८औं मिनेटमा अग्रता दोब्बर बनाए। ६७औं मिनेटमा जो माटिपले तेस्रो गोल थपे। ७८औं मिनेटमा नेल्सन सेमेडोले आत्मघाती गोल गरेपछि लिभरपुलले चार शून्यको सहज विजय हासिल गर्यो।
जितसँगै लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ। लिभरपुलले ११ खेलबाट २४ अंक जोडेको छ। जुन शीर्ष स्थानको टोटेनह्यामसँग बराबरी हो। शीर्ष स्थानको चेल्सी भने तेस्रो स्थानमा झरेको छ।
टोटेनह्यामले गए राति नै आर्सनललाई २-० ले पराजित गरेको थियो। उल्भरह्याम्पटन भने १७ अंकका साथ दशौं स्थानमा छ।
" /> काठमाडौं। एनफिल्ड रंगशालामा गत मार्चपछि पहिलो पटक दर्शक फर्किएको खेलमा साविक विजेता लिभरपुलले गएराति उल्भरह्याम्पटनमाथि ४-० को विजय हासिल गरेको छ।घरेलु मैदानमा लिभरपुलले मोहम्मद सालाहको गोलबाट २४औं मिनेटमा अग्रता लिएको थियो। जर्जिन्हो विजनाल्डमले ५८औं मिनेटमा अग्रता दोब्बर बनाए। ६७औं मिनेटमा जो माटिपले तेस्रो गोल थपे। ७८औं मिनेटमा नेल्सन सेमेडोले आत्मघाती गोल गरेपछि लिभरपुलले चार शून्यको सहज विजय हासिल गर्यो।

">