काठमाडौं। प्रशिक्षक फ्रांक लामपार्डले चेल्सी समर्थकले प्रिमियर लिग उपाधि जित्ने सपना देख्न सक्ने बताएका छन्।
प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएपछि चेल्सीक प्रशिक्षका लामपार्डले प्रदर्शनमा अझ सुधार गर्नुपर्ने बताएका छन्।
चेल्सीले गएराति लिड्स युनाइटेडलाई ३-१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो।
चेल्सीभन्दा एक स्थान तल रहेको टोटेनह्याम र लिभरपुलले आज खेल्दैछन्।
टोटेनह्यामले उत्तरी लन्डन डर्बीमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ भने लिभरपुलले उल्भरह्याम्पटनविरुद्ध खेल्नेछ। त्यसैले चेल्सीको शीर्ष स्थान लामो समयका लागि नहुने पक्का छ। उसै पनि चेल्सीले एक खेल बढी खेलिसकेको छ।
सबैखाले प्रतियोगितामा गरी चेल्सी १३ खेलसम्म पराजित रहेको छ। प्रिमियर लिगमा चेल्सीको अपराजित यात्रा ९ खेलसम्म लम्बिएको छ।
चेल्सीले २०१६/१७ को सिजनयता प्रिमियर लिगको उपाधि जित्न सकेको छैन। चेल्सीले पछिल्लोपटक एन्टोनियो कोन्टेको प्रशिक्षणमा लिग उपाधि उचालेको थियो।
‘‘क्लबले उपाधि जित्ने समर्थकहरूको सोचाइ पक्कै गलत होइन। उनीहरू रंगशाला फर्किन पाएका छन्। टीमको जितमा उनीहरूको ठूलो हात छ। दर्शकको साथले टीमको प्रदर्शनमा धेरै फरक पार्छ,’’ लामपार्डले भने, ‘‘क्लब शीर्ष स्थानमा उक्लिएको छ। समर्थकहरू कति उत्साहित छन् भने प्रष्ट देख्न सकिन्छ। मेरो काम यो लामो सिजनभर टीमको प्रदर्शन एकनास कायम राख्नु हो।’’
चेल्सीका पूर्व मिडफिल्डर लामपार्डले थपे, ‘‘मलाई विश्वास हामी अझ राम्रो गर्न सक्छौं। टीममा सुधार गर्नुपर्ने धेरै ठाँउ छन्। अगामी दिनमा चुनौती पनि उत्तिकै छ।’’
" /> काठमाडौं। प्रशिक्षक फ्रांक लामपार्डले चेल्सी समर्थकले प्रिमियर लिग उपाधि जित्ने सपना देख्न सक्ने बताएका छन्।प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएपछि चेल्सीक प्रशिक्षका लामपार्डले प्रदर्शनमा अझ सुधार गर्नुपर्ने बताएका छन्।

">