गत सिजनभन्दा यस वर्ष उपाधि होड बढी खुला हुन्छ- ग्वार्डिओला

काठमाडौं। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले गत वर्षभन्दा यस सिजन प्रिमियर लिगको उपाधि होड बढी खुला हुने बताएका छन्।

गएराति घरेलु मैदानमा फुलह्यामलाई २-० ले पराजित गरेपछि प्रशिक्षक ग्वार्डिओलाले यस्तो बताएका हुन्।

जारी सिजन एकनासको प्रदर्शन गर्न संघर्षरत ग्वार्डिओलाको सिटीर्ला जिताउन रहिम स्टर्लिङ र केभिन डी ब्रुयनाले गोल गरेका थिए।

जितसँगै सिटीले दश खेलबाट १८ अंक जोडेको छ। पाँचौ स्थानमा रहेको सिटी शीर्ष स्थानको चेल्सीभन्दा चार अंकले पछाडि छ।

तथापि चेल्सीले एक खेल बढी खेलेको छ। १० खेलबाट समान २१ अंक जाडेको टोटेनह्याम र साविक विजेता लिभरपुल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। १९ अंकका साथ म्यानचेस्टर युनाइटेड चौथो स्थानमा छ।

‘‘म आएपछि पहिलोपटक चेल्सीले प्रभावशाली प्रदर्शन गरेको छ। त्यस्तै लिभरपुलसहित बाँकी तीनले पनि राम्रो खेलेको छ। हामीले पनि लिगलाई नियन्त्रणमा नै राखेका छौं,’’ ग्वार्डिओलाले भने, ‘‘लेस्टरले हामीलाई पाँच गोल हान्यो। त्यही लेस्टरलाई फुलह्यामले हरायो। अहिले हामीले फुलह्यामलाई हरायौं। त्यसैले प्रिमियर लिगमा जुन टीमले जुन टीमलाई पनि हराउन सक्छ। त्यसै सिजन गत वर्ष भन्दा प्रतिस्पर्धात्मक हुनेछ।’’

प्रशिक्षकका रूपमा ग्वार्डिओलाको यो ७००औं खेल खेल हो। ११ सिजनको यस अवधिमा ग्वार्डिओलाले ११ ठूला उपाधि जितिसकेका छन्। त्यसमाध्ये उनले सिटीबाट दुई प्रिमियर लिगको उपाधि जितेका छन्।

सिटीका प्रशिक्षक ग्वार्डिओलाले थपे, ‘‘विविध कारण सिजनको सुरुमा हामीले राम्रो खेल्न सकेनौं। तर पछिल्लो चार खेलमा हामी विजयी भएको छौं र चारै खेलमा गोल खाएका छैनौं।’’

प्रतिक्रिया दिनुहोस्