काठमाडौं। रियाल मड्रिडले स्पेनिस ला लिगामा सेभियाविरुद्ध उसकै मैदानमा १-० को संघर्षपूर्ण जित निकालेको छ। यससँगै रियालले ला लिगामा तीन खेलसम्मको जितरहित यात्रामा पूर्णविराम लगाएको छ।
रियालको जितमा यासिन बोउनोउले गरेको आत्मघाती गोल निर्णायक बन्यो। भिनिसियस जुनियरले हानेको बल सेभियाका गोलकिपर बोउनोउलाई लागेर पोष्टमा छिरेको थियो।
घरेलु टीम सेभियाले रियालको पोष्टमा दुई वटा मात्र गतिलो आक्रमण गर्यो। तर, सफल हुन सकेन।
जितसँगै साविक विजेता रियालले ११ खेलबाट २० अंक जोडेको छ। तेस्रो स्थानमा रहेको रियाल शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा ६ अंकले पछाडि छ। एट्लेटिकोले एक खेल कम खेलेको छ। सेभिया भने १६ अंकका साथ छैटौं स्थानमा छ।
एट्लेटिको मड्रिडले रियाल भालाडोलिडलाई २-० ले पराजित गरेको थियो। एट्लेटिकोको जितमा थोमस लेमार र मार्कोस लोरेन्टेले गोल गरेका थिए।
" /> काठमाडौं। रियाल मड्रिडले स्पेनिस ला लिगामा सेभियाविरुद्ध उसकै मैदानमा १-० को संघर्षपूर्ण जित निकालेको छ। यससँगै रियालले ला लिगामा तीन खेलसम्मको जितरहित यात्रामा पूर्णविराम लगाएको छ।रियालको जितमा यासिन बोउनोउले गरेको आत्मघाती गोल निर्णायक बन्यो। भिनिसियस जुनियरले हानेको बल सेभियाका गोलकिपर बोउनोउलाई लागेर पोष्टमा छिरेको थियो।

">