काठमाडौं। बुन्डेसलिगाको शीर्ष क्लब बायर्न म्युनिख घरेलु मैदानमा आरबी लाइपजिगसँग ३-३ को बराबरीमा रोकिएको छ। बराबरीका बाबजुद बायर्न शीर्ष स्थाानमा यथावत् छ।
६ गोल भएको रोमाञ्चक खेलमा भ्रमणकारी लाइपजिगले क्रिष्टोफर एनकुनकुको गोलबाट १९औं मिनेटमा अग्रता लिएको थियो। बायर्नका १७ वर्षे जमाल मोसिलाले ३०औं मिनेटमा बराबरी गोल फर्काए। त्यसको चार मिनेट वित्न नपाउँदै थोमस मुलरको गोलबाट बायर्नले अग्रता लियो।
३६औं मिनेटमा लाइपजिगका जस्टिन क्लुभर्टले बराबरी गोल फर्काए। ४८औं मिनेटमा इमिल फोर्सबर्गले गरेको गोलबाट लाइपजिगले पुन अग्रता लियो। खेल सकिन १५ मिनेट बाँकी हुँदा बायर्नका मुलरले बराबरी गोल फर्काए। बायर्नको तीनै गोलमा किङ्सले कोम्यानले गोलको अवसर सिर्जना गरिदिएका थिए।
बायर्नले जारी सिजन दश खेलमा ३४ गोल गरिसकेको छ।
बराबरीसँग बार्यन २३ अंकका साथ शीर्ष स्थानमा रहँदा लाइपजिग २१ अंकका साथ दोस्रो स्थानमा छ।
" /> काठमाडौं। बुन्डेसलिगाको शीर्ष क्लब बायर्न म्युनिख घरेलु मैदानमा आरबी लाइपजिगसँग ३-३ को बराबरीमा रोकिएको छ। बराबरीका बाबजुद बायर्न शीर्ष स्थाानमा यथावत् छ।६ गोल भएको रोमाञ्चक खेलमा भ्रमणकारी लाइपजिगले क्रिष्टोफर एनकुनकुको गोलबाट १९औं मिनेटमा अग्रता लिएको थियो। बायर्नका १७ वर्षे जमाल मोसिलाले ३०औं मिनेटमा बराबरी गोल फर्काए। त्यसको चार मिनेट वित्न नपाउँदै थोमस मुलरको गोलबाट बायर्नले अग्रता लियो।

">