काठमाडौं। बैकल्पिक खेलाडी अल्भारो नेग्रेडोले गरेको निर्णायक गोलमा नवप्रवेसी काडिजले गएराति स्पेनिस ला लिगामा बार्सिलोनालाई २-१ ले पराजित गरेको छ। काडिजले बार्सिलोनालाई पराजित गरेको १९९१ पछि यो पहिलो पटक हो।
२९ वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराउने क्रममा काडिजले अल्भारो जिमिनेजको गोलबाट आठौं मिनेटमा अग्रता लिएको थियो। ५७औं मिनेटमा पेड्रो एलकालाले गरेको आत्मघाती गोलमा बार्सिलोनाले बराबरी गरेको थियो। नेग्रेडोले मैदान छिरेको एक मिनेट नवित्दै गरेको गोल काडिजको जितमा निर्णायक बन्यो। नेग्रोडो ६२औं मिनेटमा जिमिनेजको स्थानमा मैदान छिरेका थिए।
ला लिगामा काडिजले घरेलु मैदानमा विजय हासिल गरेको २००६ पछि यो पहिलो पटक हो। जितसँगै काडिजले बार्सिलोनालाई चार अंकले पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ। काडिजको १८ अंक छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडको भन्दा आठ अंकले पछाडि हो। तथापी एट्लेटिकोले दुई खेल कम खेलेको छ। १० खेलबाट १४ अंक जोडेको बार्सिलोना सातौं स्थानमा छ।
बार्सिलोनाले ८२ प्रतिशतभन्दा धेरै बल पोजेसन राखेर पनि गोल गर्न असफल रह्यो। बार्सिलोनाले विपक्षी पोष्टमा २१ वटा प्रहार गरेको थियो। जसमा लियोनल मेसीले मात्र १० वटा प्रहार गरेका थिए। तर काउन्टर अट्याकमा माहिर काडिजले बार्सिलोनाविरुद्ध महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
" /> काठमाडौं। बैकल्पिक खेलाडी अल्भारो नेग्रेडोले गरेको निर्णायक गोलमा नवप्रवेसी काडिजले गएराति स्पेनिस ला लिगामा बार्सिलोनालाई २-१ ले पराजित गरेको छ। काडिजले बार्सिलोनालाई पराजित गरेको १९९१ पछि यो पहिलो पटक हो।२९ वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराउने क्रममा काडिजले अल्भारो जिमिनेजको गोलबाट आठौं मिनेटमा अग्रता लिएको थियो। ५७औं मिनेटमा पेड्रो एलकालाले गरेको आत्मघाती गोलमा बार्सिलोनाले बराबरी गरेको थियो। नेग्रेडोले मैदान छिरेको एक मिनेट नवित्दै गरेको गोल काडिजको जितमा निर्णायक बन्यो। नेग्रोडो ६२औं मिनेटमा जिमिनेजको स्थानमा मैदान छिरेका थिए।

">