एजेन्सी। क्यानबेरामा शुक्रबार सम्पन्न पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली अस्ट्रेलियाविरूद्ध ४४ रनको प्रभावशाली इनिङ खेलेका रविन्द्र जडेजा २० ओभरका बाँकी दुई खेलका लागि भारतीय टोलीबाट बाहिरिएका छन्।
भारतीय टिमले जनाएअनुसार जडेजाको स्थानमा शार्दुल ठाकुरलाई टिममा समावेश गरिएको छ। पहिलो खेलमा जडेजाले आक्रामक ब्याटिङ गर्ने क्रममा २३ बलमा पाँच चौका र एक छक्कासहित ४४ रन बनाएका थिए।
पहिलो इनिङको अन्तिम ओभरमा जडेजाको हेल्मेटमा बल लागेको थियो। जसका कारण फिल्डिङ दौरान उनको सट्टा युजवेन्द्र चहल मैदान उत्रिएका थिए। यस दौरान चहलले तीन विकेट लिएर खेलको ‘म्यान अफ दी म्याच’ पुरस्कार हात पारेका थिए।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईका अनुसार बलले हेल्मेटमा लागेपछि जडेजाको स्वास्थ्य परीक्षण गराइएको थियो। स्वास्थ्यकर्मीको सल्लाहअनुसार उनलाई आराम दिइएको हो।
तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा २-१ को पराजय भोगेको भारतीय टोलीले ट्वान्टी-२० शृंखलामा भने विजयी सुरुरूआत गरेको थियो। केएल राहुलको ५१ तथा जडेजाको ४४ रन प्रेरित भारतले घरेलु टोलीलाई पहिलो ट्वान्टी-२० मा ११ रनले पराजित गरेको थियो।
" /> एजेन्सी। क्यानबेरामा शुक्रबार सम्पन्न पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली अस्ट्रेलियाविरूद्ध ४४ रनको प्रभावशाली इनिङ खेलेका रविन्द्र जडेजा २० ओभरका बाँकी दुई खेलका लागि भारतीय टोलीबाट बाहिरिएका छन्।भारतीय टिमले जनाएअनुसार जडेजाको स्थानमा शार्दुल ठाकुरलाई टिममा समावेश गरिएको छ। पहिलो खेलमा जडेजाले आक्रामक ब्याटिङ गर्ने क्रममा २३ बलमा पाँच चौका र एक छक्कासहित ४४ रन बनाएका थिए।

">