एजेन्सी। बायर्न म्युनिखका प्रशिक्षक ह्यान्सी फ्लिकले म्यानचेस्टर सिटीका पूर्वस्टार लोरियो सानेले अझै स्वाभाविक प्रदर्शन गर्न नसकिरहेको बताएका छन्।
जारी सिजनमा सबैखाले प्रतियोगितामा गरी पाँच गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरे पनि सानेले फ्लिकको विश्वास जित्न सकिरहेका छैनन्। त्यसैले सानेले अहिलेसम्म पनि बायर्नको पहिलो रोजाइमा स्थान पाउन संघर्ष गर्नु परिरहेको छ।
आरबी लिपजिगविरुद्ध आज राति हुने बहुप्रतिक्षित खेलबाट सानेले आफूलाई फ्लिकको अपेक्षाअनुसार खरो रूपमा प्रस्तुत गर्ने मौका पाउन सक्छन्, तर स्वयं फ्लिक भने सानेले बायर्नको टोलीमा आफूलाई परिपक्व रूपमा प्रस्तुत गर्न अझै समय लाग्ने बताउँछन्।
“लोरियो साने एउटा अत्यन्तै क्षमतावान् र प्रचूर सम्भावना बोकेका खेलाडी हुन्। उनलाई आफ्नो खेलाडीका रूपमा पाउँदा म खुसी छु। उनको प्रदर्शन राम्रो भइरहेको पनि छ। तर यत्तिमै उनको प्रदर्शनको उचाइ सीमित हुँदैन,” फ्लिकले भने, “अन्य खेलाडीमा जस्तै उनमा पनि बलमाथिको नियन्त्रण कायम राखिरहन नसक्ने समस्या छ। त्यसमा उनले सुधार ल्याउनुपर्छ। पक्कै पनि उनी अत्यन्तै मेहनती खेलाडी छन्। उनी चाँडै हामीले सोचेजस्तै लोरियो साने बनेर आउनेछन्।”
" /> एजेन्सी। बायर्न म्युनिखका प्रशिक्षक ह्यान्सी फ्लिकले म्यानचेस्टर सिटीका पूर्वस्टार लोरियो सानेले अझै स्वाभाविक प्रदर्शन गर्न नसकिरहेको बताएका छन्।जारी सिजनमा सबैखाले प्रतियोगितामा गरी पाँच गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरे पनि सानेले फ्लिकको विश्वास जित्न सकिरहेका छैनन्। त्यसैले सानेले अहिलेसम्म पनि बायर्नको पहिलो रोजाइमा स्थान पाउन संघर्ष गर्नु परिरहेको छ।

">