काठमाडौं। बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबका अन्तरिम अध्यक्ष कार्लोस टुसक्वेट्सले कप्तान लियोनल मेसीबारे गरेको टिप्पणीको आलोचना गरेका छन्।
अन्तरिम अध्यक्ष टुसक्वेट्सले क्लबको समस्या समाधानका लागि आगामी ‘समर’ मा मेसीलाई बेच्नुपर्ने बताएका थिए। टुसक्वेट्सले क्लबको आर्थिक संकट टार्नका लागि मेसीलाई बेच्नु उत्तम हुने बताएका थिए।
बार्सिलोनासँग मेसीको सम्झाैतामा यसै सिजनको समाप्तीसँगै अन्त्य हुनेछ। त्यसपछि मेसीले ‘फ्री ट्रान्सफर’मा क्लब छाड्न पाउनेछन्।
‘‘क्लब बाहिरकाले के भन्छन्, त्यसमा मलाई कुनै मतलब छैन। तर जब क्लब भित्रबाट यस्ता टिप्पणी हुन्छ, त्यसले हाम्रो काममा असर गर्छ,’’ प्रशिक्षक कोम्यानले भने, ‘‘क्लबबाहिर हुने कुरालाई हामी रोक्न सक्दैनौं। तर क्लबभित्रको अवस्था फरक हो।’’
आफ्नो सम्पूर्ण करिअरमा बार्सिलोनाबाट मात्र खेलेका मेसीले गत सिजनको समाप्तीसँगै क्लब छाड्ने निर्णय गरेका थिए। उनले क्लबसँगको सम्झाैता समाप्त भएको र आफू ‘फ्री ट्रान्सफर’मा अर्को क्लब जान पाउनु पर्ने भन्दै क्लबमा पत्र लेखेका थिए। तर, क्लबले ‘फ्री ट्रान्सफर’को बुँदाको समयसीमा सकिएको भन्दै मेसीलाई रोकेको थियो।
‘‘उनको भविष्य निर्धारण गर्ने स्वयम् मेसी आफैं मात्र हुन्,’’ कोम्यानले थपे, ‘‘मेसीले बेच्ने टुसक्वेट्सको व्यक्तिगत धरणा होला। त्यसलाई सम्मान गर्छु। तर, मेसीको बारेमा निर्णय गर्ने स्वयम् मेसी मात्र हुन्।’’
" /> काठमाडौं। बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबका अन्तरिम अध्यक्ष कार्लोस टुसक्वेट्सले कप्तान लियोनल मेसीबारे गरेको टिप्पणीको आलोचना गरेका छन्।अन्तरिम अध्यक्ष टुसक्वेट्सले क्लबको समस्या समाधानका लागि आगामी ‘समर’ मा मेसीलाई बेच्नुपर्ने बताएका थिए। टुसक्वेट्सले क्लबको आर्थिक संकट टार्नका लागि मेसीलाई बेच्नु उत्तम हुने बताएका थिए।

">