काठमाडौं। टिम साउथीले चार तथा काइल ज्यामिन्सन र नील वाग्नरले समान दुई विकेट लिएपछि न्युजिल्यान्डविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिज फलोअनमा परेको छ।
दोस्रो दिन न्युजिल्यान्डले सात विकेट गुमाएर ५१९ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेपछि ब्याटिङ थालेको वेष्ट इन्डिजले १३८ रन जोड्दा सबै विकेट गुमायो।
भ्रमणकारी वेष्ट इन्डिजले ४०-० को स्थितिबाट तेस्रो दिन थालेको थियो।
तेस्रो दिन थाल्दा क्राइग ब्रेथह्वाइट २० तथा जोन क्याम्पबेल २२ रनको स्थितिमा थिए। ब्रेथह्वाइटले २१ बनाए भने क्याम्पबेलले २६ रन जोडे।
वेष्ट इन्डिजका कप्तान जसन होल्डरले अविजित २५ रन बनाउँदा जर्माइन ब्लाकउडले २३ रन बनाए। रोस्टन चेजले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
न्युजिल्यान्डका टिम साउथीले ३५ रन दिएर चार विकेट लिँदा ज्यामिन्सनले २५ रन दिएर दुई तथा वाग्नरले ३३ रन दिएर दुई विकेट लिए। ट्रेन्ट बोल्टले एक विकेट लिए।
" /> काठमाडौं। टिम साउथीले चार तथा काइल ज्यामिन्सन र नील वाग्नरले समान दुई विकेट लिएपछि न्युजिल्यान्डविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिज फलोअनमा परेको छ।दोस्रो दिन न्युजिल्यान्डले सात विकेट गुमाएर ५१९ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेपछि ब्याटिङ थालेको वेष्ट इन्डिजले १३८ रन जोड्दा सबै विकेट गुमायो।

">