काठमाडौं। इतिहास पल्टाउने हाम्रो स्वभाव हुन्थ्यो भने अहिले नेपाली खेलकुदमा सबैभन्दा बढी खोजी गरिने पात्र हुन्थे, उनी।

उनी विश्व खेलकुदको सबभन्दा ठूलो कुम्भमेला ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो ओलम्पियन हुन्। नेपालले सहभागिता जनाएको पहिलो ओलम्पिकको जिउँदा इतिहास।

उनको नाम नामसिंह हो, तर उनी गुमनाम छन् नेपाली खेलकुदमा। नामसिंह थापा, टोकियो ओलम्पिक १९६४ मा नेपालको प्रतिनिधित्व गर्ने एक बक्सर।

नेपाली खेलकुदमा केही गर्ने जोसका साथ दिनदिनै रंगशाला धाउने नयाँ पुस्ताले नामसिंहको नाम सुनेका पनि छैनन्, किनकि नेपाली खेलकुदले उनको खोजी गरेकै छैन।

२०६० सालमा राष्ट्रिय खेलकुद परिषद्ले बोलाएरै सम्मानपत्र प्रदान गरेको थियो, तर त्यसपछिको खेल प्रशासनले उनी भए-नभएको वास्ता गरेकै छैन।

देशको प्रतिनिधित्व गर्दै ओलम्पिक रिङ उत्रनेहरूको समेत ‘डकुमेन्टेसन’ छैन। यसबीचमा उनलाई वास्ता गरेको भनेकै नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ र उपाध्यक्ष किरण श्रेष्ठले मात्र हो।

“राजीवजी र किरण जीले खोज्नुभयो। हरेकपटक नेपाल आउँदा सम्झनुहुन्छ। बक्सिङ संघले सम्झेकै कारण ओलम्पिक कमिटीले आजकाल हामीलाई चिन्न थालेको छ। अरू त खेलकुदको ‘डकुमेन्टेसन’ कमजोर रहेछ। खेलकुद परिषद्लाई हाम्रो सम्झनासम्म छैन,” उनी भावुक भए।

बेलायती लाहुरे नामसिंह अहिले हङकङमा बस्छन्। नेपाल आउजाउ बाक्लै हुन्छ। नेपाली खेलकुदले उनलाई बिर्से पनि उनी भने त्यति निष्ठुरी छैनन्। त्यसैले नामसिंहले नेपाली खेलकुदलाई नजिकबाट नियालिरहेका छन्।

उनी आफू जिउँदो छँदै नेपाली खेलाडीले ओलम्पिकमा पदक जितेको हेर्न चाहन्छन्। चाहना मात्र होइन, यसमा उनी आशावादी पनि छन्। नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली खेलाडीको सफलताबाट पनि नामसिंह उत्साहित छन्।

भन्छन्, “जिन्दगीमा धेरै कुरा भोगियो, देखियो। अब मेरो एउटै धोको छ, जिउँदो छँदै नेपाली खेलाडीले ओलम्पिकमा पदक जितेको हेर्ने।”

एसियामा पहिलोपटक आयोजना भएको ओलम्पिकमा नेपालबाट ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। बक्सिङमा नामसिंह, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ र भीमबहादुर गुरुङले प्रतिस्पर्धा गरेका थिए। अन्य दुईजनामा म्याराथन धावक भुपेन्द्रबहादुर केसी र गंगाबहादुर थापा थिए।

दुई म्याराथन धावक नेपालबाटै टोकियो पुगेका थिए। बेलायती सेनाको हङकङ बेसमा कार्यरत चार बक्सरहरू उतैबाट टोकियो पुगे। उतैबाट हङकङ फर्किए। त्यसैले नेपाली खेलकुदसँग उनीहरूको साइनो पनि लामो समयसम्म टुटेजस्तै भयो।

अहिले पनि नामसिंह सम्पर्कमा छन्। बागलुङका ओमप्रसाद गुरुङको पाँच वर्षअघि मृत्यु भइसक्यो। भीमबहादुर भारतको कानपुरतिर बस्छन्। उनको अवस्थावारे नेपाली खेलकुद मात्र होइन स्वयम नामसिंहहरू पनि जानकार छैनन्। रामप्रसाद चितवनमा बस्छन्, तर नेपाली खेलकुदको मूलधारमा छैनन्।

टोकियोमा ओमप्रसादले एक बाउट जित्नुबाहेक नेपाली खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो।

विश्व खेलकुदको कुम्भमेला ओलम्पिक फेरि एकपटक एसियामा फर्किएको छ। यसपालिको ओलम्पिक फेरि टोकियोमै हुँदै छ। कोभिड-१९ महामारीले नरोेकेको भए अहिले टोकियो ओलम्पिक २०२० इतिहास भइसक्थ्यो, तर महामारीले प्रतियोगितालाई एक वर्ष पछाडि धकेलिदियो। २०२१ जुलाईका लागि तय भएको ओलम्पिक अझै पनि समयमै हुनेमा शंका कायमै छ।

टोकियो ओलम्पिकका लागि पौडीमा गौरिका सिंह र एलेक्स गाडेगार्ड शाहको नाम नेपाल ओलम्पिक कमिटीले सिफारिस गरिसकेको छ। पौडी र एथलेटिक्समा अनिवार्य सहभागिता जनाउनुपर्छ। एथलेटिक्सबाट गोपीचन्द्र पार्की छनोट भएका छन्।

त्यसबाहेक एनओसीले १२ खेलाडीको नाम वाइल्ड कार्ड इन्ट्रीका लागि सिफारिस गरेको छ। वाइल्ड कार्ड इन्ट्रीका लागि सिफारिस गरिएका खेलाडीमा करातेका अनु अधिकारी र नवीन रसाइली, आर्चरीमा ज्ञानु अवाले र तिलक पुनमगर, तेक्वान्दोमा वीरबहादुर महरा, सुटिङमा सुस्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनमा कमला श्रेष्ठ र सन्जु चौधरी, जुडोमा इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्ट तथा बक्सिङमा मिनु गुरूङ छन्।

ओलम्पिकमा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन। सोल ओलम्पिक १९८८ मा तेक्वान्दोका विधान लामाले कांस्य पदक जिते, तर त्यतिबेला तेक्वान्दो प्रतिस्पर्धात्मक नभई प्रदर्शनी खेल मात्र थियो।

नेपालीका लागि ओलम्पिक सपना हो, तर अनुशासित र मिहिनेती हुने हो भने नेपाली खेलाडीले ओलम्पिकमा पदक जित्नेमा नामसिंह विश्वस्त छन्।

“सबभन्दा ठूलो कुरा इच्छाशक्ति हो। त्यसका साथसाथै सेवा सुविधा पनि राम्रो हुनुपर्छ। यो त राष्ट्रको इज्जतको कुरा हो नि,” खेलाडीको सेवा सुविधा गुणस्तरीय पाउनुपर्नेमा जोड दिँदै नामसिंह थप्छन्, “खेलाडीले राम्रो डायट पाउनुपर्‍यो। गुणस्तरीय खेल सामाग्री पाउनुपर्‍यो। कम्तीमा अभ्यासमा पनि ओलम्पिकमा प्रयोग हुने सामग्री त राख्नुपर्छ। अनि पो खेलाडीको मनोबल बढ्छ।”

खेलाडीका लागि अनुशासन र प्रतिबद्धता सबभन्दा महत्त्वपूर्ण कुरा हुन्। नामसिंह पनि सफलताका लागि अनुशासनलाई पहिलो सर्त मान्छन्।

नामसिंह आफै पनि अनुशासित जीवन बिताइरहेका छन्। ७४ वर्षको उमेरमा पनि उनी अझै प्रत्येक बिहान उठेपछि १०० पटक पुसअप र ५० सेटअप गर्छन्। त्यसका साथै कम्मर र काँधको कसरत गर्न पनि छुटाउँदैनन्।

खेलाडी खानपिनमा विशेष रूपले अनुशासित हुनुपर्ने नयाँ पुस्तालाई नामसिंहको सुझाव छ, भन्छन्, “खेलाडीले धूमपान र मद्यपान त चाख्नु पनि हुँदैन। खाने त परै जाओस्।”

१३ औं सागमा नेपालले बक्सिङमा तीन स्वर्ण पदक जितेको थियो। मीनु गुरुङले ब्यान्टम ५४ केजी तौल समूहमा, भुपेन्द्र थापामगरले ६४ केजी लाइटवेटमा र सुनिल शाहीले ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए।

समग्रमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य पदक जितेको थियो। त्यही नतिजाबाट उत्साहित नामसिंह उच्च मनोबल, अनुशासन र प्रतिबद्धताका साथ मिहिनेत गरे ओलम्पिकमा पनि पदक जित्ने आशामा छन्।

“स्वच्छ रूपमा खेलाडी छनोट हुनुपर्‍यो। नातावाद, कृपावाद लाद्नुभएन। प्रशिक्षक पनि राम्रो हुनुपर्छ। सकिन्छ भने विदेशी प्रशिक्षक ल्याउनुपर्छ। विदेशमा गएर प्रशिक्षण गराउनुपर्छ। बक्सिङमा पनि पदकको सम्भावना छ, तर प्रशिक्षण राम्रो हुनुपर्‍यो। सानै उमेरबाट खेलाडीलाई त्यस्तै वातावरणमा हुर्काउनुपर्‍याे,” नेपालका पहिलो ओलम्पियन नामसिंहले फेरि दोहाेर्‍याए, “७४ वर्षको भएँ। मर्नुअघि नेपालको ओलम्पिकमा पदक जितेको हेर्ने धोको छ।”

" /> काठमाडौं। इतिहास पल्टाउने हाम्रो स्वभाव हुन्थ्यो भने अहिले नेपाली खेलकुदमा सबैभन्दा बढी खोजी गरिने पात्र हुन्थे, उनी।

"> नेपालका पहिलो ओलम्पियन नामसिंह, जसकाे खाेजी नेपाली खेलकुदले गरेन: Dekhapadhi
नेपालका पहिलो ओलम्पियन नामसिंह, जसकाे खाेजी नेपाली खेलकुदले गरेन

प्रतिक्रिया दिनुहोस्