काठमाडौं। विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटीअन्तर्गत ‘स्पोर्टस फर अल’ कमिसन गठन गरिएको छ।
कमिटीअन्तर्गत रहने कमिसनमध्ये सबैभन्दा सक्रिय रहँदै आएको यस कमिसनले अबको वर्षमा खेलकुदबारे जनचेतना ल्याउन विविध कार्यक्रम पनि गर्ने भएको छ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसन गठन कार्यक्रममा शुभकामना व्यक्त गर्दै यस संस्थाले आमनेपालीमा खेलकुदको महत्त्व र आवश्यकताबारे बुझाउन सफल हुने विश्वास व्यक्त गरे। उनले भने, ‘‘खेलकुद खेलाडीसँग मात्र जोडिनु हुन्न, यो सबैको जीवनको एक भाग हुनुपर्छ।’’
कमिसन अध्यक्ष श्रेष्ठले भने आउने वर्षमा खेलकुदबारे जनचेतना बढाउन धेरैभन्दा धेरै कार्यक्रम गर्ने बताए। उनले थपे, ‘‘खेलकुद सबै वर्गलाई चाहिन्छ। खेलकुद प्रतियोगिता र पदक जित्ने भावनामा मात्र सीमित छैन। यो स्वास्थ्य क्षेत्रसँग पनि सम्बन्धित छ। कुनै न कुनै खेलमा सहभागी भएर स्वास्थ्य लाभ गर्न सकिन्छ।’’
यसअघिको ‘स्पोर्टस फर अल’ कमिसन पनि श्रेष्ठकै अध्यक्षतामा रहेको थियो। यसले प्रत्येक वर्ष जुन २३ मा 'ओलम्पिक डे' मनाउँदै आएको छ। यसपटक पनि यो दिनलाई अझ प्रभावकारी तरिकाले मनाउन कमिसनले कार्यक्रम बनाउने भएको छ। नयाँ कमिसनको कार्यसमिति ११ सदस्यीय रहेको छ।
" /> काठमाडौं। विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटीअन्तर्गत ‘स्पोर्टस फर अल’ कमिसन गठन गरिएको छ।कमिटीअन्तर्गत रहने कमिसनमध्ये सबैभन्दा सक्रिय रहँदै आएको यस कमिसनले अबको वर्षमा खेलकुदबारे जनचेतना ल्याउन विविध कार्यक्रम पनि गर्ने भएको छ।

">