इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको पहिलो खेल स्थगित  <p>काठमाडौं। इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल स्थगित भएको छ। दक्षिण अफ्रिकाका एक खेलाडीलाई कोरोना भाइरस संक्रमण भएपछि खेल स्थगित भएको हो।&nbsp;</p> <p>ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला सकिएपछि गरिएको कोभिड&ndash;१९ परिक्षणमा एक जना खेलाडीको नतिजा पोजेटिभ आएको दक्षिण अफ्रिका क्रिकेट बोर्डले जनाएको छ।&nbsp;</p> <p>तीन खेलको एकदिवसीय शृंखला आजबाट केप टाउनको न्युल्यान्ड क्रिकेट मैदानमा सुरु हुने तालिका थियो। तर नयाँ तालिकाअनुसार पहिलो खेल आइतबार हुनेछ। दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ।&nbsp;</p> <p>दक्षिण अफ्रिका क्रिकेटले इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डसँग नयाँ तालिकाका लागि सहमति भएको जनाएको छ। यअसघि सम्पन्न तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा इङ्ल्यान्ड ३-० ले विजयी भएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्