काठमाडौं। म्यानचेस्टर युनाइटेडका कार्यकारी उपाध्यक्ष इड उडवार्डले अनपेक्षित नतिजाहरुका बावजुद आफू प्रशिक्षक ओले गनर सोल्सायरको साथमा रहेको बताउँदै ‘सोल्सायर क्लबको दीर्घकालीन योजना’ मा रहेको प्रष्ट पारेका छन्।
सोल्सायरले अन्तरिम प्रशिक्षकका रुपमा युनाइटेडको बागडोर सम्हालेको दुई वर्ष पूरा हुन लागेको छ। सुरुमा उनलाई अन्तरिम जिम्मेवारीबाट स्थायी प्रशिक्षकमा नियुक्त गर्ने युनाइटेडको कदममाथि पण्डितहरुले प्रश्न उठाएका थिए।
उतारचढावपूर्ण नतिजाका बावजुद दीर्घकालीन योजनाका लागि भन्दै युनाइटेड र सोल्सायरबीचको सहकार्य दुई वर्षसम्म तन्किइरहेको छ। तर पछिल्लो समयका केही नतिजाका कारण भने क्लबका पूर्व स्ट्राइकरमाथिको दबाब बढेको छ।
च्याम्पियन्स लिगको खेलमा गत महिना इस्तानबुल बासाकसेहिर तथा घरेलु फुटबलमा आर्सनलसँग भोगेको हारले सोल्सायरमाथिको दबाब बढेको थियो। यसै साता च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मनसँग पनि पराजित भएपछि अन्तिम १६ को यात्राका लागि पनि टोलीले अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ। घरेलु प्रिमियर लिगमा भने युनाइटेड नवौं स्थानमा छ।
त्यसका बावजुद उडवार्डले आफू र क्लब व्यवस्थापन सोल्सायरको साथमा रहेको भन्दै उनलाई ढाढस दिएका छन्।
“गत वर्षको प्रिमियर लिगमा तेस्रो स्थान हासिल गर्नका लागि हामीले १४ खेलको अपराजित यात्रा गरेका थियौं। च्याम्पियन्स लिगमा पुनरागमन जनाउँदा पेरिस सेन्ट जर्मन र आरबी लिपजिगजस्ता टोलीमाथि प्रभावशाली जित हासिल गरेका थियौं,” उडवार्डले भने, “यो सब सोल्सायरको कडा मेहनतको फल थियो। पक्कै पनि हामीले अझै कडा मेहनत गर्नु आवस्यक छ। हामीलाई सोल्सायरमाथि पूरा विश्वास छ। हामीले एक वा दुई सिजनको सफलताभन्दा पनि लामो समयका लागि टीम पुन:संरचना गर्ने जिम्मेवारी उनलाई दिएका छौं।”
" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडका कार्यकारी उपाध्यक्ष इड उडवार्डले अनपेक्षित नतिजाहरुका बावजुद आफू प्रशिक्षक ओले गनर सोल्सायरको साथमा रहेको बताउँदै ‘सोल्सायर क्लबको दीर्घकालीन योजना’ मा रहेको प्रष्ट पारेका छन्।सोल्सायरले अन्तरिम प्रशिक्षकका रुपमा युनाइटेडको बागडोर सम्हालेको दुई वर्ष पूरा हुन लागेको छ। सुरुमा उनलाई अन्तरिम जिम्मेवारीबाट स्थायी प्रशिक्षकमा नियुक्त गर्ने युनाइटेडको कदममाथि पण्डितहरुले प्रश्न उठाएका थिए।

">