काठमाडौं। कप्तान केन विलियम्सनले दोहोरो शतक बनाएपछि वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा न्युजिल्यान्ड बलियो स्थितिमा पुगेको छ।
न्युजिल्यान्डले दोस्रो दिन सात विकेट गुमाएर ५१९ रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषणा गरेको छ।
ह्यामिल्टनस्थित सेडोन पार्कमा न्युजिल्यान्डले टस हारेर पहिले ब्याटिङ गरेको थियो। पहिलो दिनको समाप्तीमा न्युजिल्यान्ड २४३-२ को स्थितिमा थियो।
विलियम्सन ९७ तथा रोस टेलर ३१ रन बनाएर क्रिजमा थिए। अघिल्लो दिनका स्कोरमा सात रन थपेर टेलर पवेलियन फर्किए। तर, विलियम्सनले भने लामो इनिङ खेले। उनले ४१२ बल खेले। ३४ चौका र दुई छक्का प्रहार गरेका विलियम्सनले २५१ रन जोडे। टेष्ट क्रिकेटमा विलियम्सनको यो सबभन्दा ठूलो स्कोर हो।
विलियम्सनले ओपनर टम लाथमसँग पनि दोस्रो विकेटका लागि १५४ रनको साझेदारी गरे। लाथमले ८६ रन बनाए।
विलियम्सले टेलरसँग पनि तेस्रो विकेटक लागि ८३ रनको साझेदारी गरे। विलियम्सन आउट हुनुअघि हेनरी निकोलस ७, टम ब्लुनडेल १४ तथा डार्यल मिचेल ९ रन बनाएर आउट भए।
विलियम्सनले आउट हुनुअघि केली ज्यामिन्सनसँग सातौं विकेटका लागि ९४ रनको साझेदारी गरे। त्यसपछि ज्यामिन्सन र टिम साउथीले आठौं विकेटका लागि १६ रनको अविजित साझेदारी गरे।
वेष्ट इन्डिजका केमर रोच र शानोन गाब्रियलले समान तीन विकेट लिँदा अल्जारी जोसेपले एक विकेट लिए।
" /> काठमाडौं। कप्तान केन विलियम्सनले दोहोरो शतक बनाएपछि वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा न्युजिल्यान्ड बलियो स्थितिमा पुगेको छ।न्युजिल्यान्डले दोस्रो दिन सात विकेट गुमाएर ५१९ रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषणा गरेको छ।

">