काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेइमारले २०२१ बार्सिलोनाका कप्तान लियोनल मेसीसँगै खेल्ने विश्वास व्यक्त गरेका छन्।
ब्राजिलका फरवार्ड नेइमारले गएराति च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध दुई गोल गरेका थिए। नेइमारको दुई गोलप्रेरित पीएसजीले युनाइटेडलाई उसको मैदानमा ३-१ ले पराजित गरेको थियो।
नेइमार २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा फ्रेन्च लिग वानको क्लब पीएसजीसँग अनुबन्ध भएका थिए। त्यति बेला नेइमारलाई मेसीको छायाँबाट बाहिरिएको बताइएको थियो।
नेइमार, लुइस स्वारेज र लियोनल मेसीको आक्रमण पंक्ति हुँदा बार्सिलोनाले २०१४/१५ मा तेहेरो उपाधि जितेको थियो। क्याम्प नोउ छाडेपछि नेइमारले बालोन डी‘अर अवार्ड जित्ने सम्भावना बढ्ने अनुमान पनि गरिएको थियो।

नेइमार पुनः बार्सिलोना फर्किने चर्चा पनि चलेको थियो। तर, नेइमारले कम्तिमा २०२१ को अन्त्यसम्म पेरिसमै बस्ने निर्णय गरेका थिए।
गत सिजनको समाप्तीसँग मेसीले बार्सिलोना छाड्ने प्रयास गरेका थिए। तर, प्राविधिक कारण मेसीले क्लब छाड्न सकेनन्। तर मेसीले अर्को सिजन क्बल छाड्ने चर्चा चलिरहेको अवस्थामा नेइमारले अर्को सिजन सँगै खेल्ने बताएका छन्।
‘‘फेरी मेसीसँग खेल्ने चाहना छ। उनले चाहे भने म मेरो पोसिजन छाड्न पनि तयार छु। विश्वास छ अर्को वर्ष हामीसँगै खेल्नेछौं,’’ युनाइटेडविरुद्धको खेलपछि नेइमारले भने।
" /> काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेइमारले २०२१ बार्सिलोनाका कप्तान लियोनल मेसीसँगै खेल्ने विश्वास व्यक्त गरेका छन्।ब्राजिलका फरवार्ड नेइमारले गएराति च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध दुई गोल गरेका थिए। नेइमारको दुई गोलप्रेरित पीएसजीले युनाइटेडलाई उसको मैदानमा ३-१ ले पराजित गरेको थियो।

">