काठमाडौं। इर्लिङ ब्राउट हालान्ड बिना खेलेको बोरुसिया डर्टमण्डले गएराति च्याम्पियन्स लिगमा इटालियन क्लब लाजियोसँग १-१ को बराबरी खेलेको छ। बराबरीका बाबजुद जर्मन बुन्डेसलिगाको क्लब डर्टमण्डले अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ।
च्याम्पियन्स लिगमा जारी सिजन सबभन्दा धेरै ६ गोल गरेका हालान्ड ह्यामस्ट्रिङ चोटका कारण टीममा थिएनन्। डर्टमण्डमा उनको अनुपस्थिति खड्किएको थियो।
तथापी घरेलु टीम डर्टमण्डले राफायल गुरेइरोको गोलबाट ४४ औं मिनेटमा अग्रता लिएको थियो। ६७औं मिनेटमा सिरो इमोबिलले पेनाल्टीमा बराबरी गोल फर्काए।
बराबरीसँगै पाँच खेलबाट दश अंक जोडेको डर्टमण्डले अन्तिम १६ मा स्थान बनाएको छ। समूह ‘एफ’ मा लाजियो नौ अंकका साथ दोस्रो स्थानमा छ। सात अंक जोडेको क्लब ब्रुग तेस्रो स्थानमा छ भने जेनिट एक अंकका साथ अन्तिममा छ।
गएराति सम्पन्न समूहको अर्को खेलमा क्लब ब्रुगले घरेलु मैदानमा जेनिटलाई ३-० ले पराजित गरेको थियो। समूह चरणको अन्तिम खेलमा जेनिटको भ्रमण गर्नेछ भने लाजियोले क्लब ब्रुगलाई घरमा निम्त्याउनेछ।
" /> काठमाडौं। इर्लिङ ब्राउट हालान्ड बिना खेलेको बोरुसिया डर्टमण्डले गएराति च्याम्पियन्स लिगमा इटालियन क्लब लाजियोसँग १-१ को बराबरी खेलेको छ। बराबरीका बाबजुद जर्मन बुन्डेसलिगाको क्लब डर्टमण्डले अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ।च्याम्पियन्स लिगमा जारी सिजन सबभन्दा धेरै ६ गोल गरेका हालान्ड ह्यामस्ट्रिङ चोटका कारण टीममा थिएनन्। डर्टमण्डमा उनको अनुपस्थिति खड्किएको थियो।

">