काठमाडौं। क्रिष्टियानो रोनाल्डोले करिअरको ७५०औं गोल गरेको दिन युभेन्टसले च्याम्पियन्स लिगमा डाइनामो किभमाथि ३-० को सहज विजय हासिल गरेको छ।
स्टेफनी फ्रेपार्ट च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बनिन्। जुन खेलमा युभेन्टसले २१औं मिनेटमा अग्रता लियो। घरेलु टीमका लागि फेडरिको चिसाले गोल गरेका थिए।
५७औं मिनेटमा रोनाल्डोले अग्रता दोब्बर बनाए। ६६औं मिनेटमा अल्भारो मोरोटाले अर्को गोल थपेपछि युभेन्टसले सहज विजय हासिल गरेको हो।
समूह ‘जी’ बाट यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको युभेन्टस १२ अंकका साथ दोस्रो स्थानमा छ। समूह चरणमा सतप्रतिशत नतिजा निकालेको बार्सिलोना १५ अंकका साथ शीर्ष स्थानमा छ। समान एक अंक जोडेको डाइनामो किभ फेरेनभारोस क्रमशः तेस्रो र चौथो स्थानमा छ।
समूह चरणको अन्तिम खेलमा युभेन्टसले बार्सिलोनाको भ्रमण गर्ने भने डाइनामो किभले फेरेनभारोसलाई घरेलु मैदानमा निम्त्याउने छ।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोले करिअरको ७५०औं गोल गरेको दिन युभेन्टसले च्याम्पियन्स लिगमा डाइनामो किभमाथि ३-० को सहज विजय हासिल गरेको छ।स्टेफनी फ्रेपार्ट च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बनिन्। जुन खेलमा युभेन्टसले २१औं मिनेटमा अग्रता लियो। घरेलु टीमका लागि फेडरिको चिसाले गोल गरेका थिए।

">